नागरिक साप्ताहिक ग्रहफल

बिहिबार, १६ कार्तिक २०७४, १२ : ०१ शुक्रवार
नागरिक साप्ताहिक ग्रहफल

डा.राजकुमार सुवेदी
कम्प्युटर ज्योतिष सेवा
मो.९८४१८८३४४२

२०७४ साल कार्तिक १६ गते विहिबार निस्कने “शुक्रबार” पत्रिकाको लागि कार्तिक १६ देखि २२ गतेसम्म साताको ग्रहफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जग्गासम्बन्धी काममा सफलता मिल्ने छ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । अध्यापन क्षेत्रमा सफलता, मान, सम्मान प्राप्त र प्रगति हुनेछ । कार्यमा दौड धुप बढ्ने छ । सामाजिक सेवाको काम गर्नु होला । नयाँ सवारी साधनको योग छ । आफन्तहरुसँग शुभ भेटघाट हुने छ । स्थायी स्थानभन्दा नयाँ स्थान राम्रो हुने देखिन्छ । पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । नेत्रसम्बन्धी समस्या देखापर्नाले स्वास्थ्यमा केही बाधा हुने देखिन्छ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ सवारी साधन क्रयको योग रहेको छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । यस हप्ता नयाँ कार्य सिद्धि हुनेछ । अग्रजमा केही रोगको सामना गर्नु पर्नेछ । पारिवारिक माया प्रेममा कुनै कमी हुने छैन । विद्यार्थीहरुका लागि अध्ययन, लेखन, अध्यापन कार्यमा सफलता मिल्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)   
धार्मिक दिनचर्याबाट शान्ति प्राप्त हुने समय छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । घरजग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मतान्तर हुने देखिन्छ । कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिँदा पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राम्रो कार्य सम्पादन गरेबापत प्रमोसन हुने समय छ । सवारी साधनलाई परिवर्तन नगरी चलाउनु भएमा राम्रो हुन्छ । सामान्यतया आर्थिक व्यय भारमा केही वृद्धि हुने देखिन्छ ।  

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सुखमा वृद्धि हुनेछ । आफन्तहरुसँग शुभ भेटघाट हुनेछ । शिक्षामा लाभ हुने समय चलेको छ । जग्गासम्बन्धी कारोबारमा केही नाफा हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य बाधा देखिन सक्छ । साझेदारी काममा सावधान हुनु पर्नेछ । नव कार्य क्षेत्रबाट बाधा आई केही दुःखकष्ट देखा परे पनि कार्यसिद्धि भने हुनेछ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । बाहन क्रयसम्बन्धी कार्यमा तत्काल रुचि नलिनु नै बेस हुन्छ । उदर रोग देखा पर्न सक्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्ध राम्रो देखिन्छ । अध्ययन, लेखनमा शुभ फल मिल्ने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । आत्मबल, हिम्मत, जोस र जाँगर बढ्ने छ । कार्यआरम्भ गर्दा, हल्का मनस्थितिले नभै उच्च मनोवलले आरम्भ गर्नु होला । स्वकार्यमा सुख, शान्ति र खुसी हुने समय छ । प्रेमी प्रेमीकाहरुका लागि कार्यसिद्धि हुने समय छ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने बेला छ । ठूला र महŒवपूर्ण कार्यमा रुचि बढ्नेछ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्यापन कार्यमा सफलता मिल्नेछ । नियमित कार्यमा रुचि बढ्नेछ । सामान्यतः जागिरमा भाग्य राम्रो छ । अग्रजको सल्लाहमा कार्य गर्नुहोला सफलता मिल्नेछ । शिरसम्बन्धी हल्का रोग देखापर्नेछ । ठूला क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति प्रगतिका लागि हार्डवेयर व्यवसाय र वस्त्र व्यवसाय सुरुवात गर्ने समय देखिन्छ । जग्गा जमिनको कार्य गरेमा पनि राम्रो छ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ ।      
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उन्नति प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा आर्थिक व्यय देखिन्छ । साथीभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारीमा केही कार्यबाधा देखिन्छ । दाम्पत्य जीवन सुमधुर हुने योग देखिन्छ । अर्थलाभ र सुख प्राप्त हुने समय छ । अध्ययनमा राम्रो स्थान मिल्ने छ । जग्गासम्बन्धी लाभसमेत हुने हुँदा भाग्य राम्रो देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)      
जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । सहयोगीहरुबाट काम गर्न सकिने छ । उन्नति प्रगति हुने हुँदा समय राम्रो देखिन्छ । परिवारबाट सुख सहयोग मिल्नेछ । रमाइलो भेटघाटमा सहभागी हुनुपर्ने छ । कार्यक्षेत्रबाट हल्का धन प्राप्तिको योग छ । सामान्य स्वास्थ्य बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिलासुस्ती हुनेछ । सहअध्ययन सफल छ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुने छ ।
     
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा सफलता मिल्ने छ । पारीवारिक यात्रा गरेमा मन प्रसन्न रहने छ । रोजगारीका लागि अवसर मिल्नेछ । सामाजिक सेवाको काम गर्नु राम्रो छ  । बढी नै दौडधुप गर्दा पनि स्वकार्य सफलतामा कठिनाई आउने छ । मित्र, सहयोगीहरुबाट काम गर्न कठिन छ । चर्म रोगसम्बन्धी समस्या देखा परी स्वास्थ्य बाधा हुने देखिन्छ । वैदेशिक यात्रमा रुचि बढ्नेछ । केही अर्थसमस्या सामना गर्नुपर्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । खानपानमा विशेष ध्यान दिनुहोला ।         
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । राजनीतिमा सफलता मिल्नेछ । प्रेमीप्रेमिकाहरुसँग माया, सद्भाव बढ्नेछ । कार्य क्षेत्रमा सुधार आउनेछ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । उन्नति प्रगतिको योग आएको छ । वैदेशिक यात्राको समय रहेको छ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । भूमिमा थोरै समस्या उत्पन्न हुने देखिन्छ । बाहन तथा सवारी साधन क्रयको योग छ । कार्य क्षेत्रमा सुधार आउनेछ । साथीभाइहरुमार्फत सरकारी जागिरको योग छ ।
      
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)                  
जीवन संगिनीसँग प्रेम सद्भाव रहने छ । खानपानमा सावधान रहनुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । अर्थ तथा भाग्य राम्रो छ । कार्यमा सामान्य बाधा आउने छ । वैदेशिक यात्रामा शुभ फल देखिन्छ । परका साथीभाइबाट समेत केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योगले, प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा समेत केही रोग देखा पर्न सक्नेछ । विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ ।
   
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)      

सामाजिक कार्यमा सफलता मिल्नेछ । रमाइलो भेटघाटमा सहभागी हुनुपर्ने छ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र, सहयोगीहरुबाट काम गर्न सकिनेछ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । प्रेम जीवन सफल छ । साताको अन्त्यमा मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फल मिल्ने देखिन्छ । स्वप्रेमबाट नभई पितामाताबाट आएको वैवाहिक प्रस्ताव शुभ र स्वीकार्य मान्न सकिन्छ । वस्त्र व्यापार व्यवसायमा शुभ समय छ । जग्गासम्बन्धी कारोबारमा खर्च बढ्ने छ ।

Leave A Comment