प्रहरीको २५ औं आइजिपीको रुपमा प्रहरी कार्यालयमा फोटो झुन्ड्याउनेबाहेक उनले स्मरणीय काम गर्न सकेनन् । उनको कार्यकालमा प्रहरी गम्भीर अपराधमा मुछिए । काठमाडौंको दरबारमार्गस्थित प्रहरी कार्यालयका प्रमुख डिएसपीदेखि सईसम्म सामूहिक बलत्कारको घटना लेनदेनमा मिलाउन सक्रिय भएको आरोपमा मुछिए । प्रहरीमध्येका कोही हत्यामा पक्राउ परे भने कोही जबर्जस्ती रकम असुलीमा ।
‘ एक पैसा चोरे नि दुइ रुपैया चोरे नि चोर त चोरै हो र चोरलाई समर्थन गर्ने पनि अपराधी हुन । यस्तो अपराधलाई प्रश्रय दिनेलाई पनि पाता कस्नु पर्छ । सृजना लाई सम्मान गरौ । ’
यसपालि पनि २५ औं आइजिपीझैँ २६ औं पनि डिआइजीबाट नियुक्त हुनेछन् । प्रहरी नियमावली अनुसार अहिले बहाल रहेका १२ जना डिआइजी आइजिपीका लागि योग्य छन् । अन्यको तुलनामा सर्वाेत्कृष्ट तीन रहेका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की चर्चामा छन् ।
भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ मोड आएको छ । पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ ।
चेला गणेश लामा अबैध हतियारकाे अभियाेगमा महानगरीय प्रहरी परिसरकाे हिरासतमाहुँदा उनका गुरु दिपक मनागें भागेर नेपाल बाहिर पुगेकाे निष्कर्ष निकाल्दै प्रहरीले रेडकर्नर नाेटिस जारी गराएकाे छ।
राजेन्द्र खड्गीका अनुसार मार्सल आर्टका गुरु ओयामाको नाममा डकुमेन्ट्री बनाउन आफूसहित १३ जनाको टोली कोरिया पुगेको हो । आफू र सिनेमाटोग्राफर दिव्यराज सुवेदी फर्किए पनि बाँकी ११ जना अझै भिषा बाँकी छ भनेर उतै बसे ।
प्रहरीको दाबी पत्याउने हो भने केही दिनअघिसम्म त्रासको अर्को नाम रहेका मनोजको आर्थिक हैसियत अर्बौंको हुनुपर्ने हो । नीलो त्रिपाल टाँगिएको, फुस्स उडेको एक तले उनको घरले भने प्रहरीको दाबीलाई खिस्याइरहेको थियो ।
सिआइबीका प्रवक्ता जीवन श्रेष्ठका अनुसार अनुसन्धानमा राजेन्द्र खड्गीले १० देखि १५ लाखसम्म लिएर नेपाली नागरिकलाई कोरिया लगेर छाडेको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
दुवैबीच सहमतिमा यौन सम्बन्ध भयो तर शैलेशको योजना अर्कै थियो । सोही होटलको अन्य कोठामा रहेका उनका साथीहरुसमेत शैलेश र ती युवतीको रसरङमा सहभागी बन्न पुगे । उनीहरु समेत ती युवतीसँग यौन सम्बन्ध राख्ने प्रयास गरे । युवतीले अस्वीकार गर्दा सबै मिलेर बलत्कार गरे ।