१८ वर्ष मुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो तर मनोरञ्जनको बहानामा ठमेल, दरबारमार्ग, ज्याठा र झमेलका केही डिस्को र बारले समूहगत रुपमै किशोर–किशोरीलाई डान्स र बारमा प्रवेश गराउने गरेका छन् ।
निर्मला बलात्कार र हत्या अनुसन्धान समाधानतिर भन्दा कचल्टिदै जानुमा अपराध अनुसन्धानमा अनुभवहीन निजामतीको बढ्दो प्रभाव र गृह नेतृत्वको प्रहरी माथिको अविश्वास पनि कारक हाे ।
अनुसन्धानले तीन विषय पुष्टी गरेको छ । पहिलो निर्मलाको बलात्कार भएको हो । दोस्रो उनको शब जहाँ फेला परेको छ त्यो घटनास्थल हैन अन्तै हो । तेस्रो उनको भोकल कड भाचिएकाले उनको बलात्कार र हत्यामा भोकल कडबारे तालिमप्राप्त जानकार संलग्न छ । तर कहाँ र कसले घटना गरायाे रहस्य खुलेकाे छैन ।
प्रहरी संगठनको आन्तरिक गतिविधि सरुवा–बढुवासमेत आलोचनारहित बन्न नसकेको र क्षमताको आधारमा भन्दा पनि आइजिपीको राजनीतिक ढल्कोका आधारमा जिम्मेवारी तोकिने गरेको आन्तरिक गुनासो बढिरहेको अवस्थामा डिआइजी हुँदासम्म सम्भावनायुक्त देखिएका आइजिपी खनालको छवि भने यी र यस्तै घटनाका कारण स्खलित हुन पुगेको छ ।
पिठ्यू, गाला, घाँटी, कम्मर, पेट र हातमा आठ राउन्ड गोली लागेर पनि कोही बाँच्न सक्ला र ?
असम्भव ! एकै गोलीले पनि व्यक्तिको इहलीला समाप्त गरिदिन्छ तर राम्रो स्वास्थ्य सुविधा र भाग्यले साथ दियो भने कसैको केही लाग्दैन । यसैको उदाहरण बनिन् अमेरिका निवासी ३० वर्षीया रचना श्रेष्ठ
अपहरण विरुद्धको अप्रेसनको पहिलो प्राथमिकता अपहरितको ज्यानको सुरक्षा नै हो । अपहरणकर्ताले आफू असुरक्षित भएको शंका मात्र लागे पनि अपहरितको ज्यान जोखिममा पर्ने भएकाले प्रहरी अपहरितको परिवारको नजिक समेत देखिन हुँदैन ।
प्रहरीले पछ्याउँदै जाँदा घैँटे भागेको र प्रहरी टोलीलाई ताकेर गोली चलाएपछि सुरक्षाका लागि गोली चलाउँदा उनी मारिएको दाबी महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीले गरे । उनी जहाँ मारिएका थिए, त्यो बाटोबाट भाग्ने ठाउँ नै थिएन । उनीसँगै अन्य दुई जना स्थानीय युवासमेत गोली लागेर घाइते भएका थिए ।
परिचितबाट हुने अपहरणका ७५ प्रतिशत घटनामा अपहरितको ज्यान जोखिममा हुन्छ । यस्तोमा फिरौती लिएपछि पनि हत्या हुन्छ । अपहरणकारी नयाँ हुँदा पनि अपहरितको ज्यान जोखिममा हुन्छ । यो घटनामा तत्काल पैसा आइहाल्छ कि भनेर अपहरण गरेको देखिन्छ । बालकको अपहरणपछि व्यवस्थापन गर्न नसक्दा हत्या गर्ने झैँ देखिएको छ ।
कमाण्डर डिएसपी डा. तपनकुमार दाहालको भनाइ सत्य भएको भए प्रहरी जवान आचार्यको इहलीला त्यही दिन समाप्त भएको थियो । दाहालले झडपकै दिन उनको मृत्यु भएको घोषणा गरिदिएका थिए । तर उनै दाहालको नेतृत्वको प्रहरीले जुन चिकित्सकको टाउकोमा लाठी बजारेका थिए उनैको सक्रियतामा आचार्यको ज्यान जोगियो ।
एकअर्काबीच अन्तरक्रिया गर्न सहज बनाउने सामाजिक सञ्जाल पछिल्लो सयम ठगी गर्ने हतियार बन्दै गएइरहेका छन् । कास्कीमा मात्रै होइन, इमो, भाइबर, फेसबुक, म्यासेन्जरमार्फत देशभर ठगी धन्दा मौलाइरहेको छ ।
प्रहरी महानिरीक्षकका रुपमा संगठनको नेतृत्व सम्हालेपछि पहिलो पटक यसै साता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गरे । उनले यस बीचमा आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरे । त्यो उपलब्धि–फेहरिस्त उनको संगठन नेतृत्व शैलीझैँ कमजोर देखिएको थियो ।
रौतहटको राजदेवी नगरपालिकामा प्रहरी र एक समूहविच गोली हानाहान हुँदा एक जना गम्भिर घाइते भएका छन् । माेटरसाइकलमा अाएकाे समूह र प्रहरीविच गाेली हानाहान भएकाे हाे । तीन जनामध्ये एक जना घाइते भए भने २ जना भागेका छन् । घाइतेको साथबाट प्रहरीले सर्ट मेसिन गन फेला पारेको छ ।
यदि तापक्रम मिलाएर फ्रिजमा दीपेन्द्रको रगतको नमुना राखिएको छ भने त्यसको परीक्षण गरी घटना भएको दिन दीपेन्द्रले गाँजा सेवन गरेको हो या हैन पुष्टि गर्न सकिन्छ । देवकोटाले आैल्याएको रगतको परीक्षणको आधारमा दाबी गरिएझै हत्याका दुई कारणमध्ये एक कारणको पुष्टि हुनसक्छ ।
थ्रिस्टार टिमका पूर्वखेलाडी अञ्जन केसीले २०७२ सालदेखि नै अनलाइन जुवाको कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । २०७२ कात्तिकमा उनी राष्ट्रिय टिमका कप्तान सागर थापासहित म्याच फिक्सिङमा समातिएका थिए । सो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
फिल्मका लागि छापेको नक्कली नोटका कारण फिल्म निर्माता माधव वाग्ले प्रहरी हिरासतमा छन् । नेपाली फिल्ममा यस अगाडि पनि यस्तै गरिने भए पनि फिल्मका लागि छापिएको नोट बाहिरिदा वाग्ले जाली नोट छापेको अभियोगमा प्रहरी हिरासतमा पुगे । अन्य देशमा यस्तो घटनामा प्रहरीको भुमिका के हुन्छ ? हलिउडको घटना प्रस्तुत गरेका छौं ।
म इन्डियन आर्मी हुँ । म पुलिस स्कुलै पढेको मान्छे हो । मलाई आफ्नो साथीलाई मार्न आउँदैन । लास्टमा तीन जना थिए त्यहाँ । मल्ल(टेकराज मल्ल), मने र सनम । अब सुनको राज त्यहीँ हुनुपर्छ ।
सनमलाई मारिएको छ । सनम मरेर गयो । त्यो यातना मैले मात्र दिएको हैन । कुटपिट झैँझगडा भइरहन्थ्यो । खोज्ने काम गरेको हो मैले । कसैलाई मार्ने इन्टेसन थिएन ।
अनुसन्धान कति बलियो छ, त्यसको लेखाजोखा गर्ने एक मात्र आधार अदालतमा दर्ता भएको अभियोग पत्रको विवरण र दाबी मात्र हुन् । यसलाई नियाल्दा साढे ३३ किलो सुन तस्करी र हत्या अुनसन्धानमा धेरै रहस्य देखिएका छन् ।
अहिले मिनादेवी सम्पर्कविहीन छिन् । ब्याजको लोभमा उनलाई आफ्नो जायजेथा सुम्पनेहरु अलपत्र । उनीहरुले न ब्याज पाए न साउँ नै । उनीहरु यतिबेला घर न घाटका भएका छन् । धेरै ब्याज पाउने लोभमा आफ्नो नगद, सम्पत्ति अवैधरूपमा सुम्पिँदा फसेकाहरु सार्वजनिक हुँदैछन् ।
आफ्ना प्रतिस्पर्धी चक्रे मिलनको हत्याप्रयासको अपराधबाट उन्मुक्ति नपाए पनि मनाङेले आपराधिक गतिविधिबाट आर्जन गरेको भनिएको सम्पत्तिबाट भने उन्मुक्ति पाएका छन् । सरकारी वकिलको बदमासीका कारण सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको कालो धन सेतो भयो ।
भाइबर तथा इमोमा चिठ्ठा पर्यो भन्दै धेरैका मोबाइलमा फोन तथा म्यासेज आएका छन् । पहिला केही जिल्लामा देखिएको यस्तो ठगीको क्रम अधिकांश जिल्लामा पुगेको छ । ठगीकर्ताले लोभीमनलाई हतियार बनाउने गरेको देखिन्छ । उनीहरुले विभिन्न कम्पनी, सेलिब्रेटीका फाउन्डेसन लगायतको हवाला दिँदै २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै म्यासेज र कल गर्ने गरेका छन् ।