कान्छी मोडलको म्युजिक भिडियो

मङ्गलबार, २१ कार्तिक २०७४, ०१ : ०९ शुक्रवार
कान्छी मोडलको म्युजिक भिडियो

१० वर्षमुनिका १८ जना मोडलको सामूहिक अभिनय रहेको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । पोखरा कला केन्द्रको प्रस्तुतिमा निर्माण भएको भिडियोको सम्पादन कार्य भइरहेको छ । अनुराग अधिकारीको रचना र नवराज बरालको सङ्गीत रहेको ‘सानी सानी नानी म त नेपालकी छोरी...’ बोलको गीतमा मेलिना राईको स्वर छ । रानी थापा मगरको मुख्य अभिनय रहेको भिडियोमा श्रेया परियार, श्रेया ढुङ्गेल, एन्जिला लामा, सुकीर्ति ताम्राकार, एलिसा रेग्मी, रेश्मा सेन ठकुरी, सविना थापा, नविका भट्टराई, कृति सुवेदी, दिया गुरुङ, महिमा बुढा मगर, कृतिना गुरुङ, वर्षा चौधरी, निलक्सना श्रेष्ठ, आरुषी कोइराला, रचना गुरुङ र सन्जिता चौधरीको अभिनय छ ।
राहुल थापा मगर र राखी थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियो खिम गुरुङले खिचेका हुन् । भिडियोका लागि शृङ्गार र भेषभूषाको व्यवस्थापन जय गुरुङ, सृष्टि थापा र शान्ति गुरुङले गरेकी हुन् । अत्याधुनिक ड्रोन क्यामेराको समेत प्रयोग गरिएको भिडियो पोखरा र आसपासका विभिन्न प्राकृतिक र धार्मिक सुन्दरता रहेको ठाउँमा सुटिङ गरिएको निर्देशक राहुल थापाले जानकारी दिए ।

 

Leave A Comment