फेरि खुल्यो कोरिया

बिहिबार, ०६ जेठ २०७३, ०२ : ३४
फेरि खुल्यो कोरिया

पछिल्लो समयमा वैदेशिक रोजगारीको लागि आकर्षक मानिएका देशमध्ये एक दक्षिण कोरियामा पुनः रोजगारी खुलेको छ । अहिलेसम्म ३५ हजारभन्दा बढी युवायुवती पुगिसकेको कोरियाले यसपटक ३१ सय कामदार लैजाने तयारी गरेको छ । कोरिया जान कामदारका लागि कोरियन भाषा अनिवार्य गरिएको  छ । कोरिया जान चाहने युवायुवतीले यसपटक काठमाडौँबाहिर डडेल्धुरा, बुटवल, पोखरा, धरान र जनकपुरबाट पनि फारम बुझाउन पाउनेछन् । वैशाख १५ देखि १८ गतेसम्म फारम बुझाउने मिति तोकिएको छ भने परीक्षा आउँदो असार १५ देखि १८ गतेसम्म हुनेछ । कोरियामा जाने धेरैजसो युवायुवतीको काम गर्ने क्षेत्र उत्पादनमूलक र कृषि क्षेत्र हो । जीटूजी  (नेपाल र कोरिया सरकार) प्रक्रियाबाट कामदार पठाउने र पारिश्रमिक राम्रो हुने भएकाले पछिल्लो समयमा कोरिया जान युवायुवती लालायित भएको पाइन्छ । कोरिया जान करिब एक लाख रुपैयाँ जति लाग्ने र मासिक पारिश्रमिक सवा लाख रुपैयाँसम्म हुने बताइन्छ । अतिरिक्त काम गर्नेहरूले महिनामा दुई लाख रुपैयाँसम्म कमाउने गर्छन् ।

Leave A Comment