‘नेपाली श्रमिक पीडित छन्’

आइतबार, १६ माघ २०७३, ११ : ३१ शुक्रवार , Kathmandu
‘नेपाली श्रमिक पीडित छन्’

केशवराज वाग्ले, तनहँु
हालः साउदी अरेबिया
म साउदीमा काम गर्छु । मेरा अनुभवमा नेपाली कामदार स्वदेशमा मात्र नभएर विदेशमा पनि पीडित छन् । खास गरी भारतीय र पाकिस्तानीसँग तुलना गर्ने हो भने पारिश्रमिक नै कम छ । यसको कारण देश गरिब भएर होला भन्ने अनुमान गर्न सकिन्छ । हैन भने नेपाली कामदार पनि अन्य देशका तुलनामा सीप र जाँगरमा त्यति कमजोर देखिँदैनन् । फरक काममा फरक सेवा सुविधा हुनु त ठीकै होला । तर, एउटै काममा फरक सेवा सुविधा नहुँदा मन निकै कुँडिन्छ ।
म के पनि भन्न चाहन्छु भने विदेश आउँदा कुन कम्पनी र कुन काममा जाँदैछु भन्नेबारे बmुभ्नुहोला भन्ने सल्लाह दिन चाहन्छु । त्यति मात्र गर्न सक्यो भने वैदेशिक रोजगारीमा पछुताउनु पर्दैन ।   

(वैदेशिक रोजगारीमा रहेका तपाईंहरू पनि विदेशको अवस्था नेपालमा बस्ने आफन्त, घरपरिवारसँग साट्न चाहनुहुन्छ या कुनै सन्देश भन्न चाहनुहुन्छ भने कृपया एक प्रति फोटोसहित हामीलाई यहाँ दिइएको ठेगानामा इमेल लेख्नुहोस् ।)

rudrakhadka1@gmail.com_

Leave A Comment