‘मिस तामाङ’को तयारी पूरा

सोमबार, ०३ माघ २०७३, ०१ : ३४ शुक्रवार , Kathmandu
‘मिस तामाङ’को तयारी पूरा

२८५३ औँ सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा ‘मिस तामाङ पोखरा २०१७’ को तयारी पूरा भएको छ । प्रतियोगितामा १३ जनाले भाग लिएका छन् । प्रतियोगीहरूलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो । एकमहिने प्रशिक्षणमा तामाङ भाषा, व्यक्तित्व विकास, सकारात्मक सोच, तथा सकारात्मक बानी, तामाङ संस्कार तथा संस्कृतिबारे तालिम दिइएको थियो । माघ ८ गते पोखरा सभागृहमा कार्यक्रम हुनेछ ।

 

Leave A Comment