स्वदेशमा मेहनत गरे धेरै आम्दानी

शुक्रबार, २९ पुष २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
स्वदेशमा मेहनत गरे धेरै आम्दानी

केशव गुरुङ
कास्की, लेखनाथ
म मलेसिया आएको छ महिना भयो । गाउँमा कुखुरा पालेर गुजारा गरिरहेको बेला सरकारले विदेश जाने कामदारलाई निःशुल्क भिसा र टिकटको निर्णय गरेको सुनेँ । कुनै रकम नतिरी विदेश जान पाइने लोभले काठमाडौँ पुगेर सबै प्रक्रिया अघि बढाएँ । उड्ने बेला म्यानपावरले काम राम्रो भएको भन्दै ७० हजार रुपैयाँ लियो । त्यस अघि ६०–७० हजार रुपैयाँ खर्च भइसकेको थियो । विदेश नजाने हो भने त्यसअघि नै खर्च भएको रकम डुब्ने देखिएपछि बाध्य भएर मलेसिया आएको हुँ । होटलमा क्लिनरको काम छ । ओभरटाइमसमेत मिलाएर महिनाको ४० हजार रुपैयाँजति कमाइ हुन्छ । स्वदेशमा जे सोचेको थिए, त्यस्तो छैन विदेश । विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सक्ने हो भने धेरै आम्दानी हुन्छ भन्ने मलाई लागेको छ । त्यसैले मलेसिया आउँदा लागेको खर्च उठ्यो भने पुनः स्वदेश फर्केर गर्दै आएको काम गर्ने विचार गरेको छु ।

Leave A Comment