शम्भुजीतलाई ‘दीर्घकालीन साधना सम्मान’

शनिबार, १५ असोज २०७३, ०९ : १२ शुक्रवार , Kathmandu
शम्भुजीतलाई ‘दीर्घकालीन साधना सम्मान’

संगीतकार शम्भुजित बाँस्कोटालाई ‘दीर्घकालीन साधना सम्मान’ प्रदान गरिएको छ । शनिवार राजधानीमा सम्पन्न १८ औँ इमेज अवार्डमा उनलाई गीतसंगीतको क्षेत्रमा विशेष योगदान पु¥याएबापत एक लाख रुपैयाँ राशिसहित सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा फिल्म ‘वडा नम्बर छ’को ‘सुर्केथैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जित्यो । दर्शक÷स्रोताले दिएको एसएमएस भोटिङका आधारमा यो गीतलाई विजेता चयन गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रको महोत्सवका रूपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले जिते । सत्यराज आचार्यको स्वर रहेको ‘गोरीभन्दा काली’ सर्वोत्कृष्ट गीत घोषित भयो भने आचार्यकै स्वर रहेको गीतिसंग्रह ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त ग¥यो । सर्वोत्कृष्ट सहितको अवार्ड आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे ।
२०७२ असार १ देखि २०७३ जेठ मसान्तसम्म आधिकारिक रूपमा प्रसारण भएका गीतसंगीतलाई १८ औँ इमेज अवार्डको प्रतिस्पर्धामा समावेश गरिएको थियो ।

Leave A Comment