तलेजुसम्बन्धी भ्रम

शनिबार, १५ असोज २०७३, ०९ : ०६ शुक्रवार , Kathmandu
तलेजुसम्बन्धी भ्रम

काठमाडौँका राजा महेन्द्र मल्लले बनाउन लगाएको काठमाडौँको तलेजुको प्राणप्रतिष्ठा वि.सं. १६२० फाल्गुन १२ गते भएको हो । यो कुरा प्रसिद्धै छ । वि.सं. २०३२ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको शुभराज्याभिषेकको अवसरमा छापिएका दुई प्राज्ञका प्रज्ञाहीन कृति भन्ने लेखमा (त्यस पूर्णाङ्कका ३९–४० पृष्ठमा) तथा वि.सं. २०३३ मा काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन संस्थानद्वारा प्रकाशित गौतमवज्र वज्राचार्यको हनुमानढोका राजदरबारको ११६ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेछ । काठमाडौँबाट कान्तिपुर पब्लिकेसन्स (प्रा.)लि.द्वारा प्रकाशित वि.सं. २०७३ श्रावण २४ गतेको कान्तिपुर २४ वर्ष १७२ अङ्कको १ पृष्ठमा छापिएको दामोदर न्यौपानेको विश्वसम्पदाको बेहाल भन्ने खबरमा महेन्द्र मल्लले काष्ठमण्डपभन्दा अग्लो तलेजु भवानी मन्दिर वि.सं. १५६४ मा बनाए भनी लेखिएको छ । यसरी यहाँ अशुद्धि गरिएको छ । वि.सं. १५६४ मा त महेन्द्र मल्ल नभई उनका बराजु रत्न मल्ल राजा थिए (हनुमानढोका राजदरबारको २७९ पृ.) भन्ने कुरा पनि यहाँनेर स्मरणीय छ ।
प्रा. दिनेशराज पन्त

Leave A Comment