नारीविना संसार अँध्यारो

शुक्रबार, १४ असोज २०७३, ०८ : ५४ शुक्रवार , Kathmandu
नारीविना संसार अँध्यारो

आगोको मौजुदगीमा दीपले अनि सूर्य, चन्द्र रहँदा ताराहरूले जसरी आफ्नो सम्पूर्ण व्यक्तित्वलाई उजागर वा प्रकट गर्न सक्दैनन्,  त्यसरी नै मृगशावक (हरिणको बच्चा) समान चञ्चल आँखा भएकी सुन्दरी भइनन् भने यो संसार मेरा लागि अन्धकारमय र निरस छ । यसरी पत्नीको अभावमा मेरो अवस्था पनि आगो, चन्द्रमा र सूर्यको उपस्थितिमा रहेको दीप र तारहरूजस्तै महŒवहीन हुनजान्छ । तिम्रा यी छातीमा उम्रेका बाटुला अग्ला स्तन देखिन्छन् । दुवै आँखा पनि यताउति हेर्दै रहने चञ्चल छन् । अनेकौँ संकेत गरिहने हुनाले यी तिम्रा आँखीभुइँ पनि चपल र अस्थिर नै भएका छन् । पालुवा समान कोमल तल्लो ओठ पनि मत्सरताले परिपूर्ण छन् । यी सबै कुराले जतिसुकै मनलाई सताइरहेको भए पनि कामदेव स्वयम्ले लेखेको सौन्दर्य शब्दले विषय वासनातर्फ नलागेको व्यक्तिलाई पनि उद्दीपित परिरहेको छ । दुर्जनद्वारा अरूलाई कष्ट दिइनु स्वाभाविक नै हो तर तिमीजस्ता युवतीले अरूलाई किन उद्दीपनरूपी कष्ट दिइरहेकी छौ ? बुझिनसक्नु भएको छ । गरुँगो, पुष्ट गठिलो स्तनले वृहस्पति नक्षत्रसमान आकर्षक देखिने चन्द्रमा जस्तो आकर्षक मुख हुनाले सूर्यझैँ देदीप्यमान मुख भएकी मन्द–मन्द हिँडाइ गर्ने शनिश्चररूपी पाउ भएकी हुनाले नारी ग्रहस्वरूप भई शोभायमान हुन्छन् । हे मन ! तरुणीका दुई स्तन आपसमा सटेका ठूला र पुष्ट छन् । जाँघ वा कम्मर पनि मनोहारी छन्, मुख सुन्दर छ, तिमी यस्तो लोभलाग्दो सुन्दर चिज पाइएन भनी व्याकुल नहोऊ । यी सुन्दर चिजहरू (स्तन, मुख र कटी) लाई तिमी आफ्नो गराउन चाहन्छौ या तिमीमा यी चिजहरू पाउने असीम इच्छा छ भने पुण्य गर्दै जाऊ । किनकि, विना पुण्यले कसैले पनि आफ्नो इच्छा पूर्ण गर्न सक्दैन ।
भर्तृहरि शृंगारशतक

Leave A Comment