जेडटिई एस ७ बजारमा

सोमबार, १० असोज २०७३, १२ : ०० शुक्रवार , Kathmandu
जेडटिई एस ७ बजारमा

जेडटिई स्मार्टफोनको अधिकृत बिक्रेता इभोलुसन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा ल्याएको छ । कम्पनीले सो मोबाइल खरिदमा ‘दसैं क्यास ब्याक अफर’ समेत सार्वजनिक गरिएको छ ।
दसैं अफरमा क्यास डिस्काउन्टसहित २४ हजार ५ सय रुपैयाँ पर्ने सो मोबाइलमा ५ इन्चको फुल एचडी डिस्प्ले रहेको जनाएको छ । फोनमा अगाडि र पछाडि दुवै साइजमा कोर्निङ गोरिल्लाग्लास ३ को सुरक्षा रहेको छ । फोनमा दुवैतिर १३–१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्मार्टफोनमा ३ जिबी ¥याम र ३२ जिबीको इन्टरनल स्टोरेज रहेकोमा एसडी कार्डको प्रयोग गरेर १ सय २८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा चल्ने फोनमा २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको कम्पनीले बताएको छ ।

Leave A Comment