‘अरूले गाउँदा गाऊँगाऊँ लाग्छ’

सोमबार, १० असोज २०७३, ११ : २० हिमाल लम्साल , Kathmandu
‘अरूले गाउँदा गाऊँगाऊँ लाग्छ’

सूर्यमान गुरुङ, श्रम तथा रोजगार मन्त्री


राजनीतिमा कसरी आइयो ?
२००७ सालमा राणाशासनविरुद्ध अरूले रातो झण्डा बोकेर जिन्दाबाद, जिन्दाबाद भनेर नारा लगाएको देखेँ । त्यही जिन्दाबादको नाराबाट आकर्षित भएर राजनीतिमा लागेको हुँ ।
कुन उमेरमा राजनीतिमा आइयो ?
१४ वर्षको उमेरमा राजनीतिमा आएको हुँ । त्योबेला भद्र अवज्ञा आन्दोलन चलिरहेको थियो ।
मनोरञ्जनको लागि के गर्नुहुन्छ ?
गीतसंगीत सुन्ने गर्छु । सानैदेखि लोकदोहोरीमा रुचि थियो । पहिलापहिला गाउँमा जुहारी पनि खेलिन्थ्यो ।
गीत कत्तिको गुनगुनाइन्छ ?
कहिलेकाहीँ गुनगुनाउँछु । कसैले गाएको सुने भने मलाई पनि गाउन मन लागिहाल्छ ।
मन पर्ने गायक/गायिका ?
दाजर्लिङ हुँदा अरुणा लामाका गीत धेरै सुनियो । गायकमा भने राजेशपायल राई मन पर्छ ।
फिल्म कत्तिको हेर्नुहुन्छ ?
भारत छँदा खूब हेर्थें फिल्म । राजनीतिमा सक्रिय भएकाले फिल्म हेर्ने समय नै हुँदैन । तैपनि, कहिलेकाहीँ हेर्ने गर्छु ।
मन पर्ने अभिनेता/अभिनेत्री ?
देवानन्द र मीनाकुमारी साह्रै मन पर्थें । कथावस्तुमा डुबेर जीवन्त अभिनय गर्थे ।
पछिल्लो समय हेर्नुभएको फिल्म ?
‘झोला’ । सतीप्रथामा आधारित फिल्मले मन छोयो ।
मोबाइल कुन बोक्नुहुन्छ ?
आइफोन–५ ।
कार्यकर्ताका फोन त खूब आउँछ होला ?
दैनिक ७०–८० जनाको फोन आउँछ ।
सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ?
फेसबुक अलिअलि चलाउँछु । सामाजिक सञ्जालमा त्यति धेरै रुचि छैन । त्यसमा अनावश्यक अल्झिनुभन्दा पुस्तक पढ्न रुचाउँछु ।
कस्ता पुस्तक पढ्नुहुन्छ ?
फिक्सनसम्बन्धी पुस्तक पढ्न मन पर्छ ।
 

 

 

Leave A Comment