डेस्कटपमा पनि फेसबुक लाइभ

सोमबार, १० असोज २०७३, ११ : १४ शुक्रवार , Kathmandu
डेस्कटपमा पनि फेसबुक लाइभ

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ । फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर  ल्यापटप र डेस्कटपमा समेत सुरु गर्न लागेको जनाएको छ ।
फेसबुकले हाललाई उक्त फिचर परीक्षणका लागि केही प्रयोगकर्ताले मात्र प्रयोग गर्नसक्ने जनाएको छ । फेसबुकका एक उच्च कर्मचारीले भने, ‘हामीले विषेशतः केही पत्रकार तथा केही लेखकको आग्रहमा डेस्कटप र ल्यापटपमा समेत फेसबुक लाइभ फिचर सुरु गर्न लागेका हौँ ।’
उनले फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकको वालमा रहेको स्ट्याटस कम्पोजरसँगै रहेको लाइभ भिडियो नामक फिचर प्रयोग गरी प्रत्यक्ष भिडियो प्रसारण गर्न सक्ने जनाए ।
तर, फेसबुकले एप्पल र एन्ड्रोइड स्मार्टफोनमा सुरु गरेको फेसबुक लाइभ फिचरको प्रयोगकर्ताले अनावश्यक प्रयोग गरेको भन्दै विरोध हुँदै आएको छ ।

 

Leave A Comment