कृतिका भेडेटारकी पर्यटनदूत

सोमबार, १० असोज २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
कृतिका भेडेटारकी पर्यटनदूत

मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी भेडेटारको पर्यटनदूत नियुक्त भएकी छिन् । भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावती, सचिव जीतेन्द्र रुम्दाली राई लगायतले उनलाई एक वर्षका लागि पर्यटन सद्भावनादूतको नियुक्तिपत्र प्रदान गरे । भेडेटारको नयाँ पर्यटन सद्भावनादूत नियुक्त भएपछि गिरीले भेडेटारको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने बताइन् । कार्यक्रममा मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठलाई एसोसिएसनले पर्यटन सद्भावनादूतबाट बिदाइ गरेको छ । एसोसिएसनले तीन वर्षदेखि मिस पूर्वाञ्चलका विजेतालाई पर्यटन सद्भावनादूत नियुक्त गर्ने गरेको छ ।

एसोसिएसनले दशैँको अवसरमा असोज २१ र २२ गते चंगाचेट कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

 

Leave A Comment