स्कुटी विजेताका हर्ष

सोमबार, १० असोज २०७३, ११ : ०३ दिलीप पौडेल , Kathmandu
स्कुटी विजेताका हर्ष

सौन्दर्य प्रसाधन उत्पादक कम्पनी रत्नसागर हर्बल प्रालिको जोय ब्रान्डले सातवटा होन्डा डियो स्कुटी उपहार प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा जोयको पपया सनको खरिद गर्ने सात ग्राहकलाई लक्की ड्रमार्फत स्कुटी प्रदान गरिएको हो । स्कुटी प्राप्त गर्ने महिलाहरूले आफ्नो खुशी शुक्रवारसँग बाँडेका छन्ः

जागृति विष्ट, सिराहा
स्कुटी पाउँदा निकै खुशी भएकी छु । कलेज जानआउन सजिलो हुने भयो । साथीहरू स्कुटीमा हुँकिएको देख्दा मेरो पनि भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । कहिलेकाहीँ आफन्तसँग मागेर चलाउँथेँ । अब कहीँ जानुप¥यो भने आफ्नै स्कुटीमा हँुइकिने हो ।

हिमा जोशी, कञ्चनपुर
पढाइ सकाएर जागिर खाएपछि मात्र स्कुटी चढ्ने योजना थियो । कलेज जाँदा साइकलमा जान्थे । आर्थिक अवस्था कमजोर भएकाले तत्काल घरबाट किन्दिने अवस्था पनि थिएन । घरमा अहिलेसम्म कसैको सवारी थिएन । उपहारका रूपमा स्कुटी पाउँदा सबै खुशी छौँ ।

सुनिता गुरुङ, तनहुँ
स्कुटी उपहार परेपछि खुशीको सीमा छैन । तनहुँ घर भए पनि पोखरामा हाउस किपिङको काम गर्छु । पोखरा ड्यामसाइडमा कोठा छ । त्यहाँबाट काम गर्न लेकसाइड गाडीमा जानुपथ्र्यो । अब स्कुटीमा जागिरमा जान पाउने भएँ । सवारी साधन भएपछि अरू काम गर्न पनि भ्याउँछु जस्तो लागेको छ ।

सरिता गुरुङ, चितवन
कहिलेकाहीँ साथीहरूको स्कुटी मागेर चलाउँथे । लुगा सिलाउने काम गर्ने भएकोले बजार गइरहनुपर्छ । आउनजान सजिलो हुने भयो । काममा पनि सघाउ पुग्छ । आफ्नै पैसाले त कहिले हो कहिले स्कुटी किनिने !

सरस्वती कार्की, बांके
श्रीमान्को मोटरसाइकल थियो । त्यसमै चढेर यताउता गर्थें । आफ्नै स्कुटी चढ्ने सोख थियो । जागिर नभएकोले किन्ने कुरै भएन । सोच्दै नसोचेको उपहार पाइयो । अहिलेसम्म स्कुटी चलाउन सिकेको छैन । अब सिकेर लाइसेन्स निकाल्छु ।

रोशनी बेसरा सतरा, झापा
अस्पतालमा रेडियोग्राफरको काम गर्छु । कोठाबाट अस्पताल जानआउन निकै समस्या हुन्थ्यो । यो दशैँमा स्कुटी किन्ने योजना पनि थियो । स्कुटी अभाव महसुस भइरहेकै बेला उपहार पाइयो । सपना हो कि बिपना भन्ने लागेको छ ।

रोशनी महर्जन, ललितपुर
सरकारी जागिर भए पनि सार्वजनिक सवारी चढेर अफिस जानुपर्छ । चिट्ठा परेको खबर पाउँदा सुरुमा त जोक्स हो कि भन्ने लाग्यो । तर, उपहार पाएँ । यो दशैँमा स्कुटी किन्ने योजना भएकाले हल्का चलाउन सिकेको थिएँ । उपहार पाएँपछि किन्ने परेन । अफिस जानआउन सजिलो हुने नै भयो । अफिसको काम मात्रै होइन अन्य काम गर्न पनि छिटोछरितो हुनेछ ।
 

 

Leave A Comment