जेसिकाको इशारा

आइतबार, ०९ असोज २०७३, ०२ : ४२ शुक्रवार , Kathmandu
जेसिकाको इशारा

हलिउड अभिनेत्री जेसिका पार्करले टेलिफिल्म ‘सेक्स एन्ड द सिटी’ शृंखलामाथि आधारित तेस्रो फिल्म बन्न लागेको संकेत गरेकी छिन् । पार्कर ‘सेक्स एन्ड द सिटी’ टीभी सिरिजमा क्यारी ब्राडसा नामक युवतीको भूमिकामा देखा परेकी थिइन् । ‘सेक्स एन्ड द सिटी–२’ मा पनि उनले अभिनय गरेकी थिइन् । दुवै सिरिजलाई दर्शकले रुचाइरहेको सन्दर्भमा उनले तेस्रो सिरिज पनि बन्न लागेकोतर्फ संकेत गरेकी छिन् ।
एक अन्तर्वार्तामा उनले भनिन्, ‘‘सेक्स एन्ड द सिटी’को अर्को सिरिज भविष्यमा बन्न सक्दैन भनेर म भन्दिनँ ।’ यसबारे उनले थप केही भनिनन् ।

Leave A Comment