पाइपबाट घरघरमा बियर

आइतबार, ०९ असोज २०७३, ०२ : ३३ शुक्रवार , Kathmandu
पाइपबाट घरघरमा बियर

पूर्वप्रधानमन्त्री केपी ओलीले चुलाचुलामा पाइपबाट ग्यास पु¥याउने बताउँदा सामाजिक सञ्जालमा यसलाई मजाकको विषय बनाइएको थियो । तर, जर्मनीमा पाइपबाट घरघरमा ग्यास मात्र होइन, बियर पनि पु¥याउने गरिन्छ । जर्मनीको सिको गरेर अन्य केही देशले पनि आफ्ना नागरिकलाई यस्तो सुझाव दिएका छन् ।
जर्मनीमा बियर निकै लोकप्रिय पेय मानिन्छ । वर्षमा एकपटक त्यहाँ विशाल बियर फेस्टिभेलसमेत हुने गर्छ, जसमा भाग लिन संसारभरिबाट मानिस जर्मनी पुग्ने गर्छन् । जर्मनहरूको यस्तो बियरमोहलाई ध्यानमा राखेर पाइपबाट घरघरमा बियर पु¥याउने सुविधा दिइएको हो ।
‘बियरको तलतल लागेपिच्छे बार अथवा पब जान जर्मनहरूलाई साध्य भएन । त्यसपछि त्यहाँ पाइपबाट बियर पु¥यउने काम सुरु भयो,’ समाचारमा भनिएको छ ।
समाचारमा उल्लेख भएअनुसार सुरुमा रुसी नागरिक आन्द्रेय एरेमिव नाम गरेका एक युवकले पसलबाट घरसम्म व्यक्तिगत पाइपलाइन  बिछ्याएका थिए । यसबाट प्रेरित भएर जर्मनीमा मन गर्ने सबैका लागि बियर पाइपलाइन बिछ्याइएको हो ।

 

Leave A Comment