मेरुज सोमा मरिस्का

आइतबार, ०९ असोज २०७३, ०१ : ५२ शुक्रवार , Kathmandu
मेरुज सोमा मरिस्का

नायिका तथा मोडल मरिस्का पोखरेल धरानमा आयोजित ‘द मेरुज सो’मा स्थानीय मोडलहरूसँगै ¥याम्पमा उत्रिइन् । डिजाइनर मेरिना राईले तयार पारेका पहिरनको प्रदर्शन गर्न आयोजित फेसन सोमा सो–स्टपरका रूपमा उपस्थित मरिस्का धरानमा पहिलोपटक ¥याम्पमा हिँड्न पाउँदा आफूलाई खुशी लागेको बताउँछिन् । अनुप राउतको कोरियोग्राफीमा स्थानीय मोडलहरू सुजना पौडेल, विद्या चौहान, सोनाली ताम्राकार, प्रेरणा पराजुली, सोनी विशुंखे, हिना वनेम, मनीषा खड्का, रेश्मा लिम्बू, सुचिता कार्की र अस्मिता कार्की मेरुज कलेक्सनका लेहंगा, गाउन र मिक्स्ड डिजाइनका परिहनमा ¥याम्पमा हिँडे । डीसी मोडल म्यानेजमेन्टले आयोजना गरेको सोमा फेसन डिजाइनर उत्तम बनेपालीलाई सम्मान गरियो । कार्यक्रममा नवराम राईले तीन गीत गाए भने हाम्रो डान्स सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरे । ‘फेसनेबल शहर धरानको फेसनलाई गति दिन यस्ता कार्यक्रम आवश्यक छन्,’ डीसीका दिलीप रिनोहोङले भने ।

 

Leave A Comment