बिकिनीमा पार्वती

आइतबार, ०९ असोज २०७३, ०१ : ४९ शुक्रवार , Kathmandu
बिकिनीमा पार्वती

भारतीय टेलिभिजन च्यानल ‘लाइफ ओके’बाट प्रसारण भएको चर्चित धार्मिक शृंखला ‘देवो का देव महादेव’मा पार्वती भएर अभिनय गरेकी अभिनेत्री सोनारिका भदौरियाले बलिउडमा डेब्यू गर्ने भएकी छिन् । उनले फिल्म ‘साँसे’मा काम गर्ने तय भइसकेको छ ।
फिल्मको पोस्टर गत साता रिलिज भएको छ । पोस्टरमा उनी बिकिनी लगाएको अवस्थामा देखापरेकी छिन् । पोस्टर सार्वजनिक हुनेबित्तिकै ‘पार्वतीको बिकिनी अधिकार’ शीर्षकमा विभिन्न भारतीय अनलाइनले समाचार लेखेका छन् ।
पोस्टर हेरेका आधारमा ‘साँसे’लाई धेरैले ‘हरर मुभी’ हो भन्ने सोचे पनि फिल्म वास्तवमा कस्तो खालको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

 

Leave A Comment