पाराओलम्पिक्समा नेपालको खराब प्रदर्शन

आइतबार, ०९ असोज २०७३, ०१ : ०३ शुक्रवार , Kathmandu
पाराओलम्पिक्समा नेपालको खराब प्रदर्शन

ब्राजिलको रियो द जानेरोमा भएको पाराओलम्पिक्समा नेपालले खराब प्रदर्शन गरेको छ । नेपालका दुईजना खेलाडीलाई लिएर झण्डै दुई दर्जन खेल पदाधिकारी रियो पुगेका थिए । तर, दुवै खेलाडी पहिलो चरणबाटै घर फर्किए । पौडी खेलाडी लक्ष्मी कुँवर महिला एक सय मिटर फ्रिस्टाइलमा सहभागी १७ खेलाडीमा पुछारमा रहिन् । हिट चरणमा पहिलो हुने खेलाडी भन्दा कुँवर १ मिनेट ५९ दशमलव २७ सेकेन्डले पछि परिन् । हिट चरणमा पहिलो हुने युक्रेनकी खेलाडीले १ मिनेट १२ दशमलव ४९ सेकेन्डको समय निकालेकी थिइन् । कुँवरले भने ३ मिनेट ११ दशमलव ७६ सेकेन्डमा दूरी पूरा गरिन् ।
लन्डन ओलम्पिकमा दक्षिण एसियाली कीर्तिमान बनाउन सफल विक्रम राईले यो पटक निराशाजनक प्रदर्शन गरेका थिए । राना दौडमा भाग लिएका १८ जनाको पुछारमा रहे । उनी भन्दापछि रहेका दुईजना खेलाडीले भने दौड नै पूरा गरेनन् । विक्रमले निर्धारित दूरी १३ दशमलव ०२ सेकेन्डमा पूरा गरेका थिए । उनीहरूले दुवैजनाले वाइल्डकार्डमार्फत पाराओलम्पिक्समा खेल्ने मौका पाएका हुन् ।

 

Leave A Comment