मेजुका दुई फोन सार्वजनिक

आइतबार, ०९ असोज २०७३, १२ : ५६ शुक्रवार , Kathmandu
मेजुका दुई फोन सार्वजनिक

दुइटा स्मार्टफोन सार्वजनिक गर्दै विश्वचर्चित चिनियाँ कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ । युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमवार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो ।
सोमवार विशेष कार्यक्रमबीच कम्पनीले मेजु एम ३ नोट र मेजु एम ३ एस सार्वजनिक गरेको छ । मेजु टेक्नोलोजीका साउथ एसियाका मार्केटिङ प्रमुख लिआन जाङले आफ्ना दुई उत्पादन सार्वजनिक गरे । स्मार्टफोन प्रयोगकर्ताका लागि शक्तिशाली ओएस र आकर्षक बनावटसहितको एम ३ नोट र एम ३ एस राम्रो विकल्प हुन सक्ने उनले बताए ।
एम ३ नोटको बजार मूल्य २४ हजार ९ सय ९५ र एम ३ एसको मूल्य २१ हजार ४ सय ९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
एउटै बटनले होम की अपरेसन, ब्याक की अपरेसन, फिंगरप्रिन्ट अपरेसनलगायत काम एकैपटक गर्न सकिने एम ३ नोटको विशेषता रहेको कार्यक्रममा जानकारी गराइयो । कम्पनीका अनुसार फिंगरप्रिन्ट सेन्सरको माध्यमबाट मेजु एम ३ नोटले ०.२ सेकेन्डमै प्रयोगकर्ताको पहिचान गर्न सक्छ ।
मेजु एम ३ नोटमा १३ मेगा पिक्सेल रियर क्यामरा र ५ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । ५ इन्च हाई–डेफिनिसन स्क्रिन भएको मेजु एम ३ एस पूरै मेटलबाट बनेको छ । फोन ग्रे, सिल्भर र गोल्डेन कलरमा उपलब्ध रहेको छ । यसमा १३ मेगापिक्सल रियर क्यामरासहित ५ मेगा मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

Leave A Comment