महावीरलाई प्रमोदको साथ

आइतबार, ०९ असोज २०७३, १२ : ४४ शुक्रवार , Kathmandu
महावीरलाई प्रमोदको साथ

म्यागासेसे विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरूबाट उठाएको १ लाख २१ हजार ४ सय २५ रुपैयाँ महावीरको अभियानका लागि प्रदान गरेका छन् ।
सोमवार उनले राजधानीस्थित लाजिम्पाटमा भेटघाटका बीच सहयोग रकम हस्तान्तरण गरे । गायक खरेल गत अगस्त महिनामा क्यानडामा नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यही अवसरमा फ्यानहरूसँग सानो सांगीतिक जमघटको आयोजना गरेका थियौँ,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरेँ । र, सहयोग संकलन भयो ।’
महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पु¥याइरहेको सहयोगको प्रशंसा गरे । ‘कलाकारका धेरै प्रशंसक हुन्छन् । उहाँहरूमार्फत धेरै सहयोग जुट्न सक्छ । अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छुँ,’ उनले भने । गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यो सुरुवात मात्र हो,’ खरेलले भने, ‘सांगीतिक टुरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछु ।’

 

Leave A Comment