‘एमएसएन’विना बार्सिलोना अपूरो

शनिबार, ०८ असोज २०७३, ०१ : २६ शुक्रवार , Kathmandu
‘एमएसएन’विना बार्सिलोना अपूरो

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी, उरुग्वेका लुइस स्वारेज र ब्राजिलका नेइमारविना स्पेनिस क्लव बार्सिलोना अब अपूरो हुने भएको छ । सन् २०१४÷१५ को सिजनदेखि मात्र यी तीन खेलाडीले बार्सिलोनाबाट सँगै खेल्न थालेका हुन् ।
‘एमएसएन’का रूपमा चर्चित यी तीन खेलाडीले बार्सिलोनालाई महŒवपूर्ण जीत दिलाउँदै आएका छन् । एमएसएनविनाको बार्सिलोना अपूरो छ । सन् २०१४÷१५ को सिजनदेखि अहिलेसम्म एमएसएनले २ सय ७० खेलमा ३ सय १८ गोल गरेका छन् ।
यो अवधिमा मेस्सीले १ सय १३ खेलमा १ सय ७, स्वारेजले १ सय २ खेलमा ९१ र नेइमारले १ सय ३ खेलमा ७२ गोल गरेका हुन् ।
एमएसएनलाई सब्स्टिच्युट खेलाडीका रूपमा प्रयोग गर्दा ला लिगामा गएको हप्ता बार्सिलोना कमजोर मानिएको अलाभेससँग २–० ले हारेको थियो । तर, यी तीनजना खेलाडीलाई सुरुमा नै मैदान उतार्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ७–० ले हरायो । त्यसैले प्रशिक्षक लुइस इन्ड्रिकले तीन खेलाडीलाई कुनै पनि खेलमा छुटाउन चाहेका छैनन् ।

 

Leave A Comment