कट्रिनाको झर्काेफर्काे

सोमबार, २४ जेठ २०७३, ०२ : १२ , Kathmandu
कट्रिनाको झर्काेफर्काे

अभिनेता रणवीर कपुरसँगको ‘ब्रेकअप’पछि बलिउड अभिनेत्री कट्रिना कैफ सञ्चालकर्मीसँग झर्किन थालेकी छिन् । रणवीरसँग ब्रेकअप भएपछि यसको कारणबारे सोध्दा झर्किंदै कट्रिनाले भनेकी थिइन्, ‘मैले कसैसँग मेरो अफेयर छ भनेर कहिले भनेको थिएँ र ? हुँदै नभएको सम्बन्ध ब्रेकअप भयो भनेर तपाईंहरूलाई कसले भन्यो ?’


गत साता पनि उनले त्यसै गरिन् । मोरक्कोमा आफ्नो नयाँ फिल्म ‘जग्गा जासुस’को छायांकन सिध्याएर मुम्बई फर्किएकी कट्रिनाको तस्बिर खिच्न रंगपत्रकार र फोटोग्राफर एयरपोर्ट पुगेका थिए । तर, कट्रिनाले पत्रकारहरूको कुनै प्रश्नको पनि जवाफ नदिई गाडी चढिन् । ‘केही बोल्नु थिएन भने हामीलाई किन बोलाएको ?’ भनी एकजना सञ्चारकर्मी चिच्याएपछि गाडीभित्रैबाट कट्रिना पनि चिच्याइन्, ‘मैले तपाईंलाई कहिले बोलाएकी थिएँ र ?’ सञ्चारकर्मी र कट्रिनाबीचको यो सवालजवाफ अहिले भारतीय अनलाइनतिर भाइरल बनेको छ ।

 

 

 

 

Leave A Comment