यूएईमा म्युजिक भिडियो अवार्ड

शुक्रबार, ०७ असोज २०७३, १२ : ३४ शुक्रवार , Kathmandu
यूएईमा म्युजिक भिडियो अवार्ड

यूएईको अबुधाबीमा पहिलोपल्ट आयोजना भएको नेपाली म्युजिक भिडियो अवार्डमा गायिका दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड पाएकी छिन् । अबुधाबीको फोल्बलोर हलमा शुक्रवार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए । दुर्गाले ‘कालेकाले’ गीतका लागि सो अवार्ड जितेकी हुन् भने आमिरले ‘ओई मैच्याङ’ गीतका लागि बाँकी प्रतिस्पर्धीलाई उछिनेका हुन् ।
संगीत विधाअन्तर्गत बाँडिएको अवार्डमा युवराज चौलागाईंले ‘हरेक शब्दको’ गीतका लागि पुरुषतर्फको अवार्ड जिते भने मिलन अमात्य ‘दुई थोपा आँसु’का लागि उत्कृष्ट ठहरिन् । अवार्डमा गायिका कोमल वली र गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललाई सम्मान गरियो । ‘दुई थोपा आँसु’ बोलको गीतको भिडियो उत्कृष्ट म्युजिक भिडियो ठहरियो भने सहेन्द्र श्रेष्ठ निर्देशकतर्फ उत्कृष्ट ठहरिए । सोही गीतका लागि हरि हुमागाईं उत्कृष्ट छायाँकार चुनिए । भिडियो निर्माण गरेको कोर क्रिएसन पनि उत्कृष्ट ठहरियो ।
नेपालको संगीक्षा फिल्मस् र अबुधाबीको नमस्ते ट्राभल एन्ड टुर्सको संयुक्त आयोजना कार्यक्रम भएको थियो ।

 

Leave A Comment