२१ रुपैयाँमा इन्टरनेट

शुक्रबार, ०७ असोज २०७३, १२ : १९ शुक्रवार , Kathmandu
२१ रुपैयाँमा इन्टरनेट

वल्र्डलिंक कम्युनिकेसन्सले २१ औँ वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ ।
ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाई राउटर र इन्टरनेट प्रोटोकल (आईपी) टीभी सेटअप बक्स निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै एक वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आईपी टीभी निःशुल्क हेर्न पाउनेछन् । वाइफाई राउटर लिन चाहने ग्राहकले तीन हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । इन्टरनेट सेवा छाड्दा उक्त धरौटी रकम फिर्ता पाइने कम्पनीले जनाएको छ ।  
वार्षिकोत्सवका अवसरमा कम्पनीले आइतवार जावलाखेल, ललितपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा आउने सेवाग्राहीले उक्त हटस्पटबाट निःशुल्क वाइफाई प्रयोग गर्न पाउने बताए । वल्र्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ भने नयाँ सेवाका रूपमा कम्पनीले गत सातादेखि आईपी टीभी सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Comment