अस्ट्रेलिया पुगे सन्दिप

शुक्रबार, ०७ असोज २०७३, १२ : ११ शुक्रवार , Kathmandu
अस्ट्रेलिया पुगे सन्दिप

क्रिकेटर सन्दिप लामिछाने प्रशिक्षणका लागि अस्ट्रेलिया पुगेका छन् । अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएपछि उनी अस्ट्रेलिया पुगेका हुन् । आगामी सेप्टेम्बर २६ बाट सुरु हुने पाँचदिने क्याम्पमा सहभागी हुन क्लार्कले सन्दिपलाई विशेष अनुरोध गरेका थिए ।
माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६÷१७ को सिजनमा वेस्टर्न सुबबर्सको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न दुई हप्ताअघि औपचारिक पत्र पठाएको थियो । गएको मेमा हङकङमा भएको ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताका क्रममा सन्दिपको खेल देखेर क्लार्क प्रभावित भएका थिए । सन्दिपमा राम्रो क्षमता रहेकाले आफूले सहयोग गर्ने क्लार्कले त्यतिबेला नै बताएका थिए । सन्दिपलाई स्वागत गर्न क्लार्क विमानस्थलमै पुगेका थिए । यसले सन्दिपबाट क्लार्क निकै प्रभावित रहेछन् भन्ने पुष्टि समेत भएको छ ।

Leave A Comment