ताराको ‘तिमीले मलाई’

बिहिबार, ०६ असोज २०७३, ०४ : ५१ शुक्रवार , Kathmandu
ताराको ‘तिमीले मलाई’

पविताको ‘मौकैले हो कि’
छ वर्षपछि गायिका पविता पुमा राईले दोस्रो गीति एल्बम ‘मौकैले हो कि’ बजारमा ल्याएकी छिन् । एल्बमको राजधानीमा एक कार्यक्रमबीच शनिवार  प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेलले संयुक्त रूपमा विमोचन गरे । एल्बममा गायकद्वय राजेश पायल राई र राजेश पुमा राईले साथ दिएका छन् । एल्बममा ‘उकाली ओराली’, ‘एकोहोरो भयौ’, ‘तिम्लाई’ आदि बोलका सातवटा गीत समावेश छन् । सुमन राई, सुरज राईं, खड्गबहादुर राई लगायतले एल्बममा संगीत भरेका छन् ।  एल्बमको शीर्ष गीत ‘मौकेले हो कि’को म्युजिक भिडियोसमेत बनेको छ । राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा योगेन्द्र राई र इसिका लिम्बूले अभिनय गरेका छन् ।

मण्डलको ‘गाउँ रोयो अरे’
संगीतकार मण्डल साम्पाङ १३ वर्षपछि स्रोतासामु नयाँ एल्बम ‘गाउँ रोयो अरे’ लिएर आएका छन् । शनिवार संगीतकार पारस मुकारुङ, गायिका आभा मुकारुङ,  साहित्यकार राजन मुकारुङ, कविद्वय उपेन्द्र सुब्बा र हाङयुग अज्ञातले संयुक्त रूपमा एल्बम विमोचन गरे । यो एल्बममा छ गीत समाविष्ट छन् । तीनवटा गीतमा साम्पाङको शब्द रहेको छ भने बाँकी गीत स्वप्निल स्मृति, नाकिमा नाकिम र विपल बोयुङले लेखेका हुन् । एक युगल गीतमा गायिका सुनिता थेगिमले साथ दिएकी छिन् ।
ताराको ‘तिमीले मलाई’
गायक तारा लक्सम लिम्बूको ‘तिमीले मलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत उनको ‘मखमली चोली’ नामक एल्बमको हो । दीपेन याक्थुम्बाको शब्द र संगीत रहेको गीतको म्युजिक एरेन्ज टेकेन्द्र याक्सोले गरेका हुन् । गम्भीर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा नरमान राई र पुनम क्षत्रीले अभिनय गरेका छन् ।

 

Leave A Comment