क्यान कमटेकमा आईपी टीभीमा धेरैको चासो

आइतबार, ०२ असोज २०७३, १० : ३६ शुक्रवार , Kathmandu
क्यान कमटेकमा आईपी टीभीमा धेरैको चासो

भृकुटीमण्डपमा आयोजना गरिएको चारदिने ‘सुविसु क्यान कमटेक २०१६’ आइतवार समापन भएको छ । मेलामा डेढ लाखभन्दा बढीले अवलोकन गरेको आयोजक क्यान महासंघले जानकारी दिएको छ । क्यान महासंघका अध्यक्ष विनोद ढकालले सूचना तथा प्रविधिमा भएका उत्पादनहरूको जानकारी दिने कमटेकको पहिलो मेला अपेक्षाअनुसार सफल भएको बताए । समापन समारोहमा अध्यक्ष ढकालले मेलामा सहभागी भएका सेवा प्रदायक तथा उत्पादक कम्पनीहरूलाई प्रशंसापत्र प्रदान गरे ।
मेलामा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एन्ड सलुसन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, मोबाइल एसेसोरिज, साइबर सेक्युरिटीलगायतमा उपभोक्ता झुम्मिए ।
मेलामा विभिन्न इन्टरनेट सेवाप्रदायकले नेपालमा पहिलो पटक सुरु गरेको इन्टरनेट प्रोटोकल टीभी (आईपी टीभी)ले धेरैको ध्यान खिच्यो । उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटबाट चल्ने यस्तो टीभी वल्डलिंक, ब्रोडलिंक र भायनेटले सेवा सुरु गरिसकेका छन् । आईपी टीभीका प्याकेजमा सयभन्दा बढी टीभी च्यानलहरू हेर्न सकिने र सँगसँगै इन्टरनेट पनि चलाउन मिल्ने कम्पनीहरूले जानकारी दिए ।
चीनको स्मार्टफोन उत्पादक कम्पनीले पहिलो पटक नेपालमा भिœयाएको जेटीई स्मार्टफोनमा धेरैको चासो देखियो । सन् १९८५ देखि फोन उत्पादन थालेको जेडीई ग्राहकको अभिरुचि रहेको पाइयो । प्रोफेसनल फोटो खिच्न, क्लियर म्युजिक सुन्न साथै अन्य राम्रा फिचरहरू भएको यो स्मार्टफोन नेपालमा एक वर्षभित्र उत्कृष्ट स्मार्टफोनको रूपमा उपस्थिति जनाउने मेलामा जानकारी दिइयो । यसको न्युनतम मूल्य १५ हजार ९ सय ९० हाललाई कायम गरिएको छ । सेल्फी स्टिक उपहार रहेको यो सिल्भर र पिंक कलरमा उपलब्ध छन् ।

 

Leave A Comment