एप्पलको आईओएस १० सार्वजनिक

शनिबार, ०१ असोज २०७३, १२ : २० शुक्रवार , Kathmandu
एप्पलको आईओएस १० सार्वजनिक

एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलवार सार्वजनिक गरेको छ । गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो । एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन् ।
आईओएस १० मा के छ ?
आईओएस १० मा आफ्नो मेसेजिङ एप ‘आई म्यासेज’लाई विशेष ध्यान दिइएको छ । मल्टिमिडिया फिचर रहेको म्यासेजिङमा स्टिकर, एनिमेसन र इमोजी किबोर्ड राखिएको छ । प्रयोगकर्ताले आफ्नो हस्तलिखित सन्देशलाई पनि पठाउन सक्नेछन् । नदेखिने मसीको प्रयोग गरेर सन्देश पठाउनसमेत सकिन्छ । त्यसलाई प्रापकले स्क्रिन स्विप गरेर पढ्न सक्छन् ।
च्याटमा समयको बचत गराउन ट्याप ब्याक फिचर पनि राखिएको छ । जसमा इमोजीको प्रयोगमार्फत कुराकानीलाई छरितो बनाउन सकिन्छ । इनबिल्ट म्याप्समा पनि व्यापक परिवर्तन गरिएको छ । एप्पलले गुगल म्यापसँग प्रतिस्पर्धा गर्न सन् २०१२ मा पहिलो पटक ल्याएको यो एपमा यस पटक प्रयोगकर्ताले स–साना पसलदेखि ग्यास स्टेसनसम्मको जानकारी पाउन सक्नेछन् ।
पुराना फोटोहरूलाई फेसबुकले झैँ पुनः सम्झनामा ल्याउनेछ भने पुराना फोटोहरूलाई मिलाएर स्लाइड शोमार्फत मुभी पनि बनाउन सकिन्छ ।  एप्पलले आफ्नो सिरी भ्वाइस रेकर्डिङ सफ्टवेयरलाई थर्ड पार्टीले पनि प्रयोग गर्न सकिने किसिमले बनाएको छ । जसको कारण आईओएस १० का धेरै एप्सहरूले सिरीलाई सर्पोट गर्नेछ । आईओएस १० ले प्रयोगकर्तालाई नचाहिने एप्सलाई मेट्ने सुविधा पनि दिएको छ ।
आईओएस १० पछिल्ला केही भर्सनका एप्पलका प्रोडक्टहरूमा मात्र कम्पाटिबल छ । आइफोन ५ देखि माथिका संस्करणहरूमा काम गर्नेछ । आइप्याडमा फोर्थ जेनेरेसन, आइप्याड एयर, आइप्याड मिनी २, आइप्याड प्रोको ९ दशमलव ७ इन्चभन्दा माथिका लागि मात्र सर्पोट गर्ने जनाएको छ । यो सफ्टवेयरले आइपोड टचको सिक्थ जेनेरेसनमा मात्र अपग्रेड हुने एप्पलले जनाएको छ ।
आईओएस १० सार्वजनिक हुने बित्तिकै यसका प्रयोगकर्ताहरूले आ–आफ्नो ग्याजेटमा जानकारी प्राप्त गर्नेछन् । एप्पलका प्रयोगकर्ताले वाइफाइ वा इन्टरनेट प्लगइनमार्फत डाउनलोड गर्न सक्नेछन् । तर, अपडेट गर्नुभन्दा अगाडि आफ्नो मोबाइलको ब्याट्री सकभर फुल राखेरमात्र गर्नुहोला ।
कुनै पनि महŒवपूर्ण सफ्टवेयर अपडेट गर्नुभन्दा अगाडि आफ्नो डिभाइसमा भएका महŒवपूर्ण सामग्रीहरूको ब्याकअप गर्नुपर्छ । आफूले गरेको ब्याकअपलाई आफ्नो फोनमा वा आइट्युनको प्रयोग गरेर आई क्लाउडमा राख्नुपर्छ । यदि आईओएस १० मा केही समस्या आएमा प्रयोगकर्ताले आफूले सुरक्षित राखेको डाटालाई रिस्टोर गर्न सजिलो हुन्छ । आईओएस १० आफ्नो डिभाइसमा इन्स्टल गर्नुभन्दा अगाडि आफ्नो एप्पल आईडी र लगइनको बारेमा पूर्ण जानकार हुनुपर्छ ।

 

Leave A Comment