आइफोनको वायरलेस हेडफोनबारे विवाद

शुक्रबार, ३१ भदौ २०७३, १० : ३१ शुक्रवार , Kathmandu
आइफोनको वायरलेस हेडफोनबारे विवाद

अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोनसहित सार्वजनिक ग¥यो । उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सीइओ टिम कुकले भनेका थिए– ‘हामी वायरलेस भविष्यतर्फ अग्रसर हुँदै छौँ ।’
एप्पलले वायरलेस हेडफोनले प्रयोगकर्ताको ध्यान खिच्ने बताइरहँदा चिकित्सकहरूले भने वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने चेतावनी दिएका छन् ।
ब्लुटुथ प्रविधिमा आधारित यस वायरलेस हेडफोनले लो–इन्टेन्सिटी रेडियो वेभलाई प्रयोगकर्ताको कानमा पु¥याउँछ । तर, अध्ययनकर्ताहरूले उक्त वेबले रेडिएसन उत्पन्न गरिदिने र यसले मस्तिष्कमा रगत जाम गरिदिने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्ने बताएका हुन् ।
युसी ब्रिक्ली स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर डा. ज्युल मोस्कोविचले भने– ‘हामी प्रविधिको नाममा आगोसँग खेल्दै छौँ । किनभने, हामी माइक्रोवेब प्रवाह गर्ने साधनलाई हाम्रो मस्तिष्कको नजिक राखिरहेका छौँ जुन धेरै खतरनाक छ ।’
यता एप्पलले भने आफूहरूले फेडरल कम्युनिकेसन कमिसनको एफसीसीको गाइडलाइनका आधारमा उक्त वायरलेस हेडफोन तयार पारेको र यसले मानव स्वास्थ्यमा कुनै हानि नपु¥याउने दाबी गरेको छ । तर, मोस्कोविचले मानव स्वास्थ्यका लागि एफसीसीको गाइडलाइन नै अपूर्ण भएको दाबी गरेका छन् ।
त्यस्तै मोबाइल फोनको रेडिएसन क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आएका डा. लिफ सल्फोर्डले भने हेडफोन प्रयोग गरेको मोबाइलभन्दा वायरलेस हेडफोन खतरनाक हुने बताए । उनले भने– ‘म मोबाइल प्रयोगकर्तालाई वायरलेस हेडफोनभन्दा वायर भएको हेडसेट वा ह्यान्स– फ्री मोबाइल सेट प्रयोग गर्न सुझाव दिन्छु ।

 

Leave A Comment