पूर्वप्रेमीसँग एमा

बुधबार, २९ भदौ २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
पूर्वप्रेमीसँग एमा

हलिउड अभिनेत्री एमा रोबट्र्स र प्रेमी इभान पिटर्ससँग दुईपटक ब्रेकअप भएर पुनः सम्बन्ध सुधार भइसकेको छ । यस्तोमा केही महिनाअघि उनीहरूको सम्बन्धमा पुनः तिक्तता उत्पन्न भएको थियो । तर, अहिले आएर दुवै पुनः नजिकिन थालेका छन् ।
दुवैले चिन्ने एक साथीको घरमा उनीहरूले गत साता भेटघाट गरेको स्रोतको भनाइ छ । भेटघाटको चाँजोपाँजो मिलाइएको छ भन्ने पूर्वजानकारी दुवैलाई थियो । भेटघाटका अवसरमा दुवैले खुलेर र सहज महसुस गरेर कुरा गरेका थिए ।
सन् २०१२ मा उनीहरूको प्रेम सुरु भएको थियो । उनीहरूको बिहे पनि तय भइसकेको थियो । तर, केही विषयमा मनमुटाव उत्पन्न भएपछि उनीहरूबीच ब्रेकअप भयो । त्यसपछि ब्रेकअप र प्याचअप गर्ने क्रमलाई उनीहरूले जारी राख्दै आएका छन्् ।

Leave A Comment