खेमको ‘थालनी’

सोमबार, २७ भदौ २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
खेमको ‘थालनी’

गायक खेम रिसालले पहिलो गीतिसंग्रह ‘थालनी’ बजारमा ल्याएका छन् ।चारवटा गीत रहेको एल्बममा गणेश श्रेष्ठ विप्लव, राम धामी, सुरेश कार्की र गायक स्वयंका शब्द छन् ।  राम धामी र मोहन मगरको संगीत रहेको छ । चारवटै गीतको संगीत संयोजन रोशन बान्तवाले गरेका छन् ।
एल्बममा रहेको ‘ठहरै बनायो गाँठे’ बोलको गीतको भिडियो पनि बनेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायक रिसाल, वर्षा शिवाकोटी र बाल कलाकार प्रान्स तिवारीले अभिनय गरेका छन् ।

रामको ‘क्या मज्जा भो’
गायक राम राना प्रतीक्षाको ‘क्या मज्जा भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बममा डिपी खनालको शब्द र कल्याण सिंहको संगीत रहेका छ । दीप सागरले निर्देशन गरेको गीतको भिडियोमा राम र मोडल निशा पोमुले अभिनय गरेका छन् ।

विश्वको ‘एक्स्ट्रा पारामा’
गायक विश्वराम कार्कीको ‘एक्स्ट्रा पारामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द र संगीत पनि विश्व स्वयंकै हो । सरोज श्रेष्ठले निर्देशन गरेको यो गीतको भिडियोमा निराजन प्रधान र शिखा शाहीले अभिनय गरेका छन् ।

पुष्करको ‘करुवा तेल’
गायक पुष्कर सुनुवारको ‘करुवा तेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई गायिका ज्योति मगरले साथ दिएकी छिन् । राजेन्द्र बजगाईंको शब्द र संगीत रहेको गीतको म्युजिक एरेन्ज गायक सुनुवार स्वयंले गरेका हुन् । शंकर अधिकारी घायलले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा र चन्दा दाहाल फिचिरिङ छन् ।

 

Leave A Comment