‘जुडवा–२’ मा परिणीति

आइतबार, २६ भदौ २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
‘जुडवा–२’ मा परिणीति

कुनै समय बलिउड बक्स अफिसमा तहल्का मच्चाएको फिल्म ‘जुडवा’को सिक्वेल ‘जुडवा–२’ बन्ने तय भएपछि फिल्ममा कुन अभिनेत्रीलाई लिने भन्नेमा अनेक अनुमान गरिएका थिए । यस्तैमा अभिनेत्री परिणीति चोपडालाई यसका निम्ति फिल्म निर्माण युनिटले आग्रह गरेको छ । सलमान खानको फिल्म ‘जुडवा’को सिक्वेलमा अभिनेता वरुण धवनको मुख्य भूमिका रहनेछ ।
यसअघि फिल्म निर्माता साजिद नाडियाडवालाले अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रस्ताव गरेका थिए । ज्याकलिनले आफू सकारात्मक रहेको समेत बताएकी थिइन् । तर, वरुण र ज्याकलिनले ‘ढिसुम’ फिल्ममा सँगै काम गरिसकेकाले वरुणलाई नयाँ अभिनेत्रीसँग फिल्ममा जोडी बाँध्ने निधो गरेर निर्माताले परिणीतिलाई फिल्ममा भिœयाउन खोजेको बताइएको छ ।

Leave A Comment