‘स्टेज पाउनै धौधौ’

आइतबार, २६ भदौ २०७३, १० : १८ हिमाल लम्साल , Kathmandu
‘स्टेज पाउनै धौधौ’

सविन लामा, पपगायक

गाउन थालेको कति भयो ?
२०६३ सालदेखि गायन क्षेत्रमा लागेको हुँ । रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगिताको टप टेनमा पुगेको थिएँ । त्यसअघि पनि विद्यालयमा हुने हरेक कार्यक्रममा गीत गाउँथेँ ।

गायन क्षेत्रमा कसरी लागियो ?
रेडियो नेपालमा चिनजान भएकाले मेरा ठूल्दाई राजकुमार लामाले आधुनिक गीत प्रतियोगितामा मेरो नाम टिपाइदिनुभयो । अडिसनमा पास भएपछि अर्काे चरणमा गीत गाउने मौका पाएँ । यसरी नै संगीत यात्रा अघि बढ्यो ।
    
कस्ता गीत गाउन मन पराउनुहुन्छ ?
पहिला लोकपप गाउँथेँ । अहिले चाहिँ पपगीत गाउँछु ।

पहिलोपल्ट गीत रेकर्डिङ गर्दाको अनुभव कस्तो रह्यो ?
मेरो पहिलो गीत ‘मेरो यो मनले तिमीलाई’ भर्जिन स्टुडियो नक्सालमा रेकर्डिङ गराएको हुँ । पहिलो पटक स्टुडियोमा छिर्दा डर पनि लाग्यो खुशी पनि । तर, डरलाई खुशीले जित्ने रै’छ । सरस्वती मातालाई सम्झेर स्टुडियोभित्र पसेँ । त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।

गाउने चाहना चाहिँ कसरी जाग्यो ?
फुर्सदमा अरुण थापाका गीत खूब सुन्थेँ । उहाँका गीतले निकै मन छुन्थ्यो ।  हरेक शुक्रवार विद्यालयमा हुने कार्यक्रममा सहभागी हुन्थेँ । घरपरिवार साथीभाइले हौस्याएपछि गाउन थालेँ ।
तपाईंका लागि संगीत के हो ?
संगीत नै मेरो जीवनको आधार हो । योबाट टाढा रहन सक्दिनँ । संगीत त जीवनमा नभई नहुने चीज भइसक्यो ।
गाएरै बाँच्न सकिन्छ त ?
स्टेज तताउने गीत गाउन सके त बाँच्न सकिन्छ । दुई चारवटा चर्चित गीत नगाएसम्म स्टेज पाउनै गाह्रो छ । सुरुमा राम्रा गीत गाएर आफू परिचित हुनुप¥यो । त्यसपछि स्टेज पाए बाँच्न सकिन्छ ।
संगीतका लागि कत्तिको संघर्ष गरियो ?
संर्घष त धेरै गरियो । पैसा नहुँदा रेकर्डिङ स्टुडियोले पत्याउँदैन । गीत चर्चित भएन भने स्टेज पाउनै धौधौ हुन्छ । गाह्रो छ ।

 

 

 

Leave A Comment