गुगलले कसरी कमाउँछ ?

शनिबार, २५ भदौ २०७३, ११ : २० शुक्रवार , Kathmandu
गुगलले कसरी कमाउँछ ?

गुगललाई सबैभन्दा ठूलो सर्च इन्जिन मानिन्छ । जहाँ खोजेका सबै कुराको जानकारी लिन सकिन्छ । गुगलले निःशुल्क रूपमा जानकारी प्रदान गर्छ । सित्तैमा सेवा दिने गुगलको कमाई भने अर्बौं छ । सित्तैमा सेवा दिएर कसरी कमाउँछ त अर्बौं ?
एक तथ्यांकअनुसार गुगलले एक मिनेटमा झन्डै डेढ लाख डलर कमाइ गर्छ गुगल सर्च इन्जिनमार्फत । जसमा मुनाफा २३ हजार डलर जति हुन्छ । गुगलले जुन जानकारीहरू प्रयोगकर्तालाई उपलब्ध गराएको देखिन्छ त्यस्ता सामग्रीमार्फत अरू कसैबाट मोटो रकम असुलेको हुन्छ ।
विभिन्न कम्पनीहरूले आफ्ना उपभोक्ताबारे गुगलमार्फत जानकारी खरिद गर्छन् र सोहीअनुसार गुगलमा विज्ञापन दिन्छन् । गुगलले ती विज्ञापन तिनै प्रयोगकर्ताको वेबपेजमा देखाइदिन्छ ।
तपाईंले गुगल सर्च इन्जिनमा कुनैबेला एक पटक नै किन नहोस् कुनै चिज खोज्नुभएको छ भने गुगलले त्यसलाई रेकर्ड राख्छ अनि तपाईंले विभिन्न वेबसाइट हेर्दा सोही विज्ञापनलाई गुगल एडको रूपमा देखाइदिन्छ । यसरी देखाइदिएको विज्ञापनमार्फत गुगलले विज्ञापनदातासँगबाट पैसा असुल्छ ।
विज्ञापनमा हरेक पटकको क्लिकका लागि गुगलले केही सेन्टदेखि लिएर सयौँ डलरसम्म पैसा असुल्ने गर्छ । रिपोर्टअनुसार गुगलको कुल कमाइमध्ये ९५ प्रतिशतभन्दा बढी विज्ञापनबाटै प्राप्त हुने गरेको छ । गुगलले लोकप्रिय कि वर्डस्बाट पनि पैसा कमाउँछ । एक रिपोर्टअनुसार गुगलमा सबैभन्दा लोकप्रिय कि वर्ड इन्सुरेन्स हो । दोस्रोमा यिबल छ ।
गुगलको यो सेवाका लागि उसको आलोचना पनि हुन्छ । किनकि, वेबपेजमा अचानक विज्ञापन आउँदा रुचि नै नभएको विज्ञापन पनि क्लिक भइहाल्छ । कहिलेकाहीँ त गुगल विज्ञापनमा क्लोज गर्ने अप्सन नै निकै लुकाइएको हुन्छ र झुक्याइझुक्याई विज्ञापनमा क्लिक गर्न लगाइन्छ ।
अहिले दुनियामा लगभग हरेक मानिससँग स्मार्टफोन छ । स्मार्टफोनको माध्यमबाट मानिसहरू गुगलसँग  लगभग हरेक समय जोडिन्छन् । त्यसैले गुगलले आफ्ना वेबपेज तथा विज्ञापनलाई मोबाइलमैत्री बनाएको छ । मोबाइल विज्ञापन, मोबाइल एप्स, मोबाइल कन्टेन्ट, मोबाइल डिभाइसेज यिनै चार क्षेत्रमा गुगल केन्द्रित भएको छ ।
यसका साथै गुगल प्लेस्टोर, गुगल एप्स तथा गुगल क्लाउड प्लेटर्फम पनि गुगलको कमाइको महŒवपूर्ण हिस्सा हो ।
 

Leave A Comment