कर्ण र राजन पुरस्कृत

शुक्रबार, २४ भदौ २०७३, ०९ : ५७ शुक्रवार , Kathmandu
कर्ण र राजन पुरस्कृत

गायक कर्ण दास र कलाकार राजन काफ्ले पुरस्कृत भएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारले गीतसंगीत र कला क्षेत्रमा सक्रिय स्रष्टालाई प्रदान गर्ने सोम वज्राचार्य स्मृति संगीत पुरस्कारबाट यस वर्ष गायक दास र ललितकला पुरस्कारबाट कलाकार काफ्ले पुरस्कृत भएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले आयोजकका तर्फबाट दुवैजनालाई ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । पोखरालाई कर्मक्षेत्र बनाइ गीतसंगीतका क्षेत्रमा दुई दशकदेखि सक्रिय कर्णदास २०५३ मा पहिलो पटक ‘जिन्दगीको के भरोसा’ गीतमार्फत उदाएका हुन् । गायक दासले एक हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरूप पुरस्कार प्रदान गरिएको प्रतिभा छनोट समितिका संयोजक संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले बताए । कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार पाउने कलाकार राजन काफ्ले काभ्रेपलाञ्चोकमा जन्मेर काठमाडौँमा क्रियाशील छन् । चित्रकला, मूर्तिकला, मुहार चित्र र प्रतिस्थापन कलामा उनी अब्बल कलाकार मानिन्छन् । उनले पाँच सयभन्दा बढी मुहारचित्र बनाउनुका साथै प्रतीक चिन्हको सिर्जना गरिसकेका छन् ।

 

Leave A Comment