फेसबुकको ट्रेन्डिङ फिचर परिमार्जन

शुक्रबार, २४ भदौ २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
फेसबुकको ट्रेन्डिङ फिचर परिमार्जन

विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टेन्डिङ फिचरलाई परिमार्जन गरेको छ । परमार्जित नयाँ फिचरअनुसार अब इडिटोरियल स्टाफले टे«न्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातमा फेसबुकलाई पुराना धारणालाई दबाएको र रिपब्लिकनलाई प्रोत्साहन गरेका आरोप लाग्दै आएको थियो ।
विगतमा फेसबुकमा काम गरिसकेका एक पत्रकारले फेसबुकले आफ्नो स्वार्थका लागि पुराना धारणा तथा सोच राख्ने खालका न्युज फिचरलाई दबाउने गरेको आरोप लगाएका थिए । यता फेसबुकले आफ्नो ब्लगमा आफूहरूले गरेको आन्तरिक अनुसन्धानले आफ्नो टे«न्डिङ फिचरमा कुनै खराबी आएको तथ्य फेला नपरेको जनाएको छ ।
फेसबुकले भनेको छ– ‘हामी हाम्रो टे«न्डिङ फिचर परिमार्जन गर्दैछौँ । यसबाट प्रयोगकर्ताले धेरै टे«न्डिङ भएका न्युज फिचर हेर्न सक्नेछन् र आफूले चाहेअनुसार टे«न्डिङ टपिक बनाउन सक्नेछन् ।’ उसले आफ्ना कर्मचारीहरू प्रयोगकर्ताले पोस्ट गरका फिचर समाचार भए–नभएको बारेमा अनुगमन गर्न सधैँ तयारी अवस्थामा रहने जनाएको छ ।
‘फेसबुक आफ्ना विचार तथा धारणा सेयर गर्ने एक उत्तम प्लेटफर्म हो । यसबाट प्रयोगकर्ताले आफूले चाहेको विषयमा छलफल गर्नुका साथै धेरैभन्दा धेरै जानकारी हात पर्न सक्नेछन्,’ ब्लगमा लेखिएको छ ।

Leave A Comment