भाषा भाँड्ने सरकारी निकायसँग उत्तर छ ?

शुक्रबार, २४ भदौ २०७३, ०९ : २४ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
भाषा भाँड्ने सरकारी निकायसँग उत्तर छ ?

आदरणीय पाठक महानुभावहरू ! सत्तापक्षका आशेपासे अथवा त्रासे बिचराहरूलाई भनिदिनुहोला— नेपाली भाषा बचाऔँ अभियानको विजय हुँदा कसैलाई पनि पीडा हुँदैन । भाषाविज्ञानको अधकल्चो सन्दर्भ घोक्दै र कुतर्क बरबराउँदै हिँडेकाहरूलाई सोध्नुहोला, भाषा परिवर्तनशील हुन्छ भने यादृच्छिक पनि हुन्छ । यादृच्छिक शब्दको अर्थ सरकारी शब्दकोश ‘नेपाली बृहत् शब्दकोश’ मा छैन बरु उक्त संस्थाका कोश विभागका प्रमुख प्रा.डा. हेमाङ्गराज अधिकारीज्यूको निजी शब्दकोश ‘प्रयोगात्मक नेपाली शब्दकोश’मा पाइन्छ । वर्णविन्यास–विज्ञान (अर्थोग्राफी) तथा लिपिविज्ञान (ग्रामाटोलोजी) पूर्वीय अथवा पाश्चात्य भाषाविज्ञानअन्तर्गतको विशिष्ट विषय हो । तर्क गर्ने भए तिनै विज्ञानका आधारमा गरौँ । आधुनिक बनाउने भनेर गौतम बुद्धको मूर्तिमा सुट र टाई लाइदिन पाइन्छ कि पाइँदैन? पाइँदैन भने गौतम बुद्धभन्दा पनि जेठो ‘बुद्ध’ शब्दलाई ‘बुद्ध’ बनाउन कसरी पाइयो? ‘विद्यालय’लाई ‘बिध्यालय’ भने भनेर ‘विद्यालय’ लेख्न बाध्य पार्ने हो कि उच्चारण गर्न सिकाउने हो ? उच्चारणकै कुरा गर्ने हो भने त ‘विद्द्यालय’ हुनुपर्ने होइन र ! निरङ्कुश, तानाशाहहरूले विशिष्ट नाम नै बिगार्दै छन् ! सरकारी नियमअनुसार ‘राष्ट्रिय विभूति गौतम बुद्ध’लाई  रास्टरिय बिभुति गउतम् बुद्ध ‘राष्ट्रपति विद्यादेवी भण्डारी’लाई रास्टरपति बिद्द्या देबि भन्डारि अनि ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड’लाई प्रधान् मन्त्रि पुस्प कमल् दाहाल्, प्रचन्ड लेख्नुपर्ने हुन्छ । महाकवि देवकोटाकै कविताको शीर्षक ‘गरीब’लाई  हेपेर ‘गरिब’ बनाइदिए । पहिले ‘फूलको माला’ अहिले ‘फुलको माला’? मदन पुरस्कार पाएका दुइटा कृति ‘शिरीषको फूल’ र ‘जीवन काँडा कि फूल’का शीर्षक नै अशुद्ध ? बाबुबाजे दीर्घ ‘लिम्बू’, छोरानाति चाहिँ ह्रस्व ‘लिम्बु ?’ कर्णालीलाई ‘कर्नाली’ र झण्डालाई ‘झन्डा’ गराए तर पहिलेका शासक ‘राणा’ र अहिलेका सिपाही ‘कर्णेल’ सँग चाहिँ डराए ! ‘शाह’ लाई ‘शाह’नै रहन दिए, ‘शहीद’लाई ‘सहिद’ बनाए । ‘पूर्व, पूर्वीय, पूर्वी, पूर्विया’, ‘वर्ष, वर्षीय, वार्षिक, वर्षे, वर्षेनि’ हुनुपर्नेमा ‘पूर्व, पूर्वीय, पुर्बी, पुर्बिया’, ‘वर्ष, वर्षीय, वार्षिक, बर्र्सेे, बर्सेनि’ बनाइयो । अङ्ग्रेजी भाषाको स्कूल लेख्दा क्पग िलेख्न पाइँदैन, क्अजयय िलेख्नुपर्छ । चझझदभच ‘रिमेम्बर’ शब्दकै उदाहरण लिऊँ । एउटै शब्दमा भ को उच्चारण तीन किसिमल े(क्रमशः ‘इ, ए र अ’) गर्नुपर्छ । ँगतगचभ लाई ‘फ्युचर’, उकथअजययिनथ लाई ‘साइक्लोजी’, पलषभ लाई ‘नाइफ’ भन्नुपर्छ । एगत लाई ‘पुट’ तर द्यगत लाई ‘बट’ ? म्इ लाई ‘डु’ अनि न्य लाई ‘गो’ भन्नुपर्दा पनि अङ्ग्रेजी भाषा सरल मानिएकै छ । अङ्ग्रेजीमा राना र राणा (चबलब) अनि भाट र भात (दजबत) एउटै हुन्छ । सम्पूर्णतः भाषावैज्ञानिक हाम्रो देवनागरी लिपिलाई चलाउन पाइन्छ ?
    अङ्ग्रेजीमा अनुत्तीर्ण भएर वर्षेनि कयौँ किशोर–किशोरीले आत्महत्या गर्नुपरेको बुझ्दाबुझ्दै गौरवशाली नेपाली भाषाको लेख्यपरम्परा ध्वस्त पार्न प्रतिबद्ध सरकारी निकायहरूले अङ्ग्रेजी भाषालाई अलिकति पनि छोएर देखाउन सक्छन् ? नेपाली भाषाको वर्णविन्यास र लिपिलाई वर्षेनि परिवर्तन गर्दै र सरकारी शब्दकोश ‘नेपाली बृहत् शब्दकोश’ लाई ‘अप्रयोगात्मक’ बनाएर निजी शब्दकोशको व्यापारलाई प्रोत्साहित गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई राम्ररी चिनौँ । अपूरणीय भाषिक क्षति एवम् अपराध गरिसकेर कालान्तरमा प्रायश्चित्त गर्दै परम्परामा फर्किने त्रिभुवन विश्वविद्यालयका व्यक्तिगत स्वार्थी केही प्राध्यापकहरूको लहडी र निरङ्कुश हुकुमी शैली नेपाल प्रज्ञा–प्रतिष्ठानप्रभृतिका विभिन्न सरकारी निकायबाट सदाका लागि अन्त्य गर्ने प्रत्याभूतिसहित नेपालका सबै राष्ट्रभाषाहरूलाई जीवन्त राख्न ‘नेपाली भाषा बचाऔँ, अभियान ः २०७२’ को आधिकारिक अवधारणा–पत्रमा उल्लिखित ७ बुँदे माग अक्षरशः पूरा गराएरै छोडौँ । ‘नेपाली भाषा बचाऔँ, अभियान ः २०७२’ को सत्याग्रहात्मक कार्यक्रममा सक्रिय सहभागी भई ऐक्यबद्धता प्रदर्शन गरौँ ।

Leave A Comment