इमेज अवार्डको मनोनयन सार्वजनिक

बिहिबार, २३ भदौ २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
इमेज अवार्डको मनोनयन सार्वजनिक

इमेज च्यालले सञ्चालन गर्दै आएको इमेज अवार्ड १८ औँ संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । २३ विधालाई पाँच समूहमा विभाजन गरी टुबर्ग इमेज अवार्डमा समावेश गरिएको छ । म्युजिक भिडियो, लोक र सामान्य समूहमा चार–चार, विशेष समूहमा दश र पब्लिक च्वाइस अवार्ड समूहमा एक गरी २३ विधा रहेको छ ।
    २०७२ साल असार १ गतेदेखि २०७३ जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएको नेपाली गीतमा एल्बम, म्युजिक भिडियो र सिंगल ट्र्याकलाई मनोनयनमा समावेश गरिएको छ । निर्णायक समितिले २२ विधामा पहिलो चरणमा उत्कृष्ट २०–२० र अरूमा पाँच–पाँच मनोनयनमा छानेको च्यानलका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले बताए । पाँचमध्ये पनि उत्कृष्ट एक छान्नका लागि प्राविधिक मत दिन पाइने र पब्लिक च्वाइस अवार्डका लागि भने एसएमएस भोटिङको व्यवस्था गरिएको उनले जानकारी दिए ।
    असोज ८ गते सोल्टी होटलमा हुने अवार्ड समारोहमा संगीत क्षेत्रमा लामो समय योगदान दिएका एकजना कलाकारलाई लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिने जनाइएको छ ।

 

Leave A Comment