पर्यटन प्रवद्र्धनमा प्रियंका

सोमबार, २० भदौ २०७३, १० : ०९ शुक्रवार , Kathmandu
पर्यटन प्रवद्र्धनमा प्रियंका

भारतीय राज्य असमको सरकारले त्यहाँको पर्यटन प्रवद्र्धनका लागि बलिउड अभिनेत्री प्रियंका चोपडालाई छानेको छ । दश दिनको प्रमोसन क्याम्पेनका लागि प्रियंकाले १५ करोड भारु फिस लिनेछिन् । अर्थात्, एक दिनको डेढ करोड भारु । यस क्याम्पेनका लागि पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई पनि प्रस्ताव गरिएको छ । फिल्म ‘मैरी कम’को सफलतापछि भारतीय पूर्वी राज्यहरूमा प्रियंकाको लोकप्रियता ह्वात्तै बढेको छ । यसै कुरालाई ध्यानमा राखेर असम सरकारले उनलाई प्रस्ताव गरेको हो । पछिल्लो समय प्राकृतिक प्रकोप, आर्थिक संकट र आन्तरिक असुरक्षाका कारण असम विभिन्न समस्याबाट गुज्रिरहेको छ । यस्तो बेला प्रियंकालाई दिइने महँगो पारिश्रमिकका कारण सामाजिक सञ्जालमा तर्कवितर्क चलिरहेका छन् । स्मरणीय के छ भने गुजरातको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध अभिनेता अमिताभ बच्चनले विज्ञापनमा निःशुल्क काम गरेका थिए ।

Leave A Comment