कोसँग रमाए जस्टिन ?

शनिबार, १८ भदौ २०७३, १० : २४ शुक्रवार , Kathmandu
कोसँग रमाए जस्टिन ?

क्यानडाली पपगायक जस्टिन बिबर एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिनका लागि अहिले लन्डनमा छन् । हालै लन्डनको एउटा नाइटक्लबमा उनी एक युवतीसँग देखापरेका थिए । ती युवती को हुन् ? कसैलाई थाहा छैन ।
पपगायिका रिहाना जस्टिनकी साथी हुन् । उनी रिहानासँग एउटा पार्टीमा रमाइलो गरिरहेका थिए । पार्टीपछि उनी एक अपरिचित युवतीसँग देखिएका थिए । हलिउडको एक वेबसाइटका अनुसार उनलाई बिहान ४ बजे ती अपरिचित युवतीसँगै नाइटक्लबबाट बाहिरिएको देखिएको थियो ।
जस्टिनकी प्रेमिका सोफिया लस एन्जलसमा छिन् । उनी नाइटक्लबमा कोसँग रमाए होलान् भन्ने जिज्ञासाको उत्तर भने पाइएको छैन ।

 

Leave A Comment