आइफोन ७ मा विशेष क्यामरा

बुधबार, १५ भदौ २०७३, १० : ५० शुक्रवार , Kathmandu
आइफोन ७ मा विशेष क्यामरा

एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यामरा अप्टिकल इमेज स्टेबलाइजरसहित आउने भएको छ । म्यार्कयुमरले सार्वजनिक गरेको तस्बिरअनुसार आइफोन सेभेनको मोड्युल क्यामरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाएको छ । उक्त  सिंगल लेन्स क्यामरामा चार सानो कटआउट्स हुने र यसले आकर्षक तस्बिर लिन सकिने बताइएको छ ।
सार्वजनिक गरिएको क्यामरा सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रेयर क्यामराभन्दा उत्कृष्ट र गुणस्तरीय हुने दाबी गरिएको छ । आइफोन सिक्स र आइफोन सिक्स प्लसमा  भएका  रेयर क्यामरा कटआउटसरहित थियो । आइफोनले ४.७ इन्चको सिंगल लेन्स क्यामरालाई अप्टिकल स्टेबलाइजरका साथ अझै गुण स्तरीय रूपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्युल लेन्स क्यामरा र तीन जीबी ¥याम जडान गरिने बताइएको छ ।
एप्पलले आफूहरूले ल्याउने अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोबाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताएको छ । एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७  र आइफोन सेभेन प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको छ ।

 

Leave A Comment