अनु किन सधैँ पछि ?

आइतबार, १२ भदौ २०७३, १० : ५१ शुक्रवार , Kathmandu
अनु किन सधैँ पछि ?

म्युजिक भिडियोमा व्यस्त भए पनि फिल्ममा चल्न नसकेकी अभिनेत्री हुन् अनु शाह । यो त रह्यो फिल्मको सफलता÷असफलतासँग जोडिएको कुरा । तर, अनु सधैँ निर्माताबाट पनि पछाडी पारिन्छिन् । उनी अभिनीत अधिकांश फिल्मका निर्माताले आफ्नो फिल्मको प्रचारमा उनलाई अघि सारेको पाइँदैन । राजेश हमालले महिला अवतारमा अभिनय गरेको फिल्म ‘शकुन्तला’ यही साताबाट प्रदर्शनमा आउँदै छ । जसमा अनुको पनि अभिनय छ । तर, फिल्मको प्रमोसनमा निर्देशक र निर्माताले उनलाई अघि सारेनन्, अर्की नायिका स्मृति श्रेष्ठलाई सारे । यसअघि फिल्म ‘आधी बाटो’मा पनि निर्माता रमेश त्योवनाले अनुलाई छाडेर अर्की अभिनेत्री जेनिशा केसीलाई प्रमोसनमा अघि सारेका थिए । अनुलाई किन यसरी सधैँ पछि पारिन्छ ? उनी फ्रेन्डली छैनन् या आफैँ पछि हट्छिन ? प्रश्न उठेको छ । 

Leave A Comment