‘जो पनि सस्तोमा चढ्न खोज्छन्’

आइतबार, १२ भदौ २०७३, १० : १५ मनोज घर्तीमगर , Kathmandu
‘जो पनि सस्तोमा चढ्न खोज्छन्’

तुलसी दाहाल
ढिकुरपोखरी–९, कास्की
ग १ ज ३९१४

कति भयो ट्याक्सी चलाउन थालेको ?
२०५० सालदेखि चलाउन थालेको हुँ ।
त्यतिखेर पोखरामा कति ट्याक्सी थिए ?
चार÷पाँच सयजति थिए ।
भाडा कति हुन्थ्यो ट्याक्सीको ?
महेन्द्रपुलबाट पृथ्वीचोक जाँदा प्रतिव्यक्ति तीन रुपैयाँ उठाइन्थ्यो । अहिले त १ सय ५० रुपैयाँ लिइन्छ ।  
त्यतिबेला चलाउनु र अहिले फरक के छ ?
त्यतिबेला खासै यात्रु कुर्नु पर्थेन । जहाँ जतिबेला बसे पनि पाइन्थे यात्रु । अहिले दिनभर कुर्दा पनि कहिल्यै त घर रित्तै फर्कनुपर्छ । पहिले धेरै कमाइ थियो । अहिले खासै कमाइ छैन ।
कसरी आइयो यो लाइनमा ?
केही गर्ने अवसरको खोजी गर्दागर्दै यतातिर आइयो ।
ट्याक्सी आफ्नै हो कि साहूको ?
१२ वर्षसम्म साहूको चलाएँ । त्यसपछि यो लाइनमै समय बिताउने भएपछि आफ्नै ट्याक्सी किनेँ ।  
दैनिक कमाइ कत्तिको हुन्छ ?
सरदरमा हजार÷बार सय कमाइन्छ ।
कुन रुट चलाउनु हुन्छ ?
लेकसाइड बढी बस्छु । अन्य ठाउँमा गएर पनि क्यू लगाउँछु ।
राजनीतिमा कत्तिको रुचि छ ?
अलिअलि रुचि छ । पार्टी भनेर हिँडिदैन । भोट हालिन्छ ।
यात्रुसँग कत्तिको बार्गेनिङ हुन्छ ?
अलिअलि त भइहाल्छ नि । जो पनि सस्तोमा चढ्न खोज्ल्छन् ।
मिटर लगाए त बार्गेनिङको टेन्सन साफ हुन्थ्यो होला नि ?
हरेक सामानको मूल्य बढे पनि ट्याक्सीको भाडा समायोजन भएन । त्यही भएर हामीले मिटरमा ट्याक्सी लगाउन सकेनौँ । यदि सरकारले मिनिमम चार्ज ५० रुपैँया राखेर समायोजन गरे भने हामी ट्याक्सी मिटरमा लगाउँछौँ ।
ट्याक्सीमा मिटर नलगाउने त गैरकानुनी कुरा भएन र ?
हामी कानुन मान्छौँ । हामीले मिटर लाउँदैनौँ भनेको त होइन । अरू सबैको भाडा बढ्ने, ट्याक्सीको भाडा नबढ्ने ! यो वैज्ञानिक भएन भनेर मिटर नलगाएका हौँ ।
 

 

Leave A Comment