कट्रिनाको घरमा रणवीर

आइतबार, १२ भदौ २०७३, १० : १० शुक्रवार , Kathmandu
कट्रिनाको घरमा रणवीर

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुरबीच ‘ब्रेकअप’ भएपछि दुवैजनाले सार्वजनिक रूपमा एकअर्काबारे टिप्प्णी गर्न अस्वीकार गर्न थाले । सार्वजनिक समारोहमा एकअर्कालाई भेट्दा बेवास्ता गरेजस्तो गर्ने र फिल्म सेटमा सँगै काम गर्दासमेत असहज महसुस गरेजस्तो हर्कत दुवैले देखाउन थाले । उनीहरूबीचको दूरी असाध्यै बढेको लख सबैले काटिरहेका बेला रणवीर सुटुक्क कट्रिनाको घर पुगेको समाचार चुहिएको छ ।
भारतको एउटा दैनिक पत्रिकाले कट्रिनाको घरमा रणवीर देखापरेको दाबी गरेको छ । ‘कट्रिनाकी एउटी साथी कट्रिनाको घर पुग्दा छक्क परिन्, किनकि बाहिर पानी बाराबारजस्तै गर्ने रणवीर त्यति नै बेला कट्रिनाको घरमा आए । रणवीरलाई घरमा अकस्मात् देख्दा कट्रिनाले चाहिँ छक्क परेजस्तो हाउभाउ देखाइनन्,’ समाचारमा भनिएको छ ।  

 

Leave A Comment