गुगलकोे नयाँ भिडियो च्याटिङ एप

आइतबार, १२ भदौ २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
गुगलकोे नयाँ भिडियो च्याटिङ एप

गुगलले ‘डुओ’ नामक नयाँ भिडियो एप ल्याएको छ । मंगलवार सार्वजनिक गरेको यस भिडियो च्याटिङ एप एप्पलको फेस टाइम, माइक्रोसप्टको स्काइप र फेसबुकको म्यासेन्जरभन्दा गुणस्तरीय भएको र यसले प्रयोगकर्तालाई सजिलै आकर्षित गर्ने  गुगलले जनाएको छ ।
डुओ एपमा भएको ‘नक–नक’ फिचरका प्रयोग गरी प्रयोगकर्ताले उक्त भिडियो कल उठाउनुभन्दा पहिले कसले उक्त कल गरेको छ भनेर हेर्न सक्नेछन् । गुगलले कम नेटवर्क टिप्ने स्थानमा पनि यस एपले सजिलै काम गर्ने जनाएको छ ।
उक्त एप गुगल प्लेस्टोरमार्फत स्मार्टफोन र एप्पल आईओएसका प्रयोगकर्ताले निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । उनले अबको केही दिनमै उक्त विश्वभरिका प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएका छन् । गुगलका सफ्टवेयर इन्जिनियर जस्टिन उब्रिटीले भने, ‘गुगलको डुओ भिडियो कल गर्नका लागि प्रयोगकर्ताले सेलुलर डाटा तथा वाइफाइको प्रयोग गर्न सक्छन् ।’

Leave A Comment