हेभी म्युजिकमा ‘फ्लेस इटर’

शनिबार, ११ भदौ २०७३, ०१ : ४० हिमाल लम्साल , Kathmandu
हेभी म्युजिकमा ‘फ्लेस इटर’

२०७२ सालमा इन्टर कलेज म्युजिक कम्पिटिसनको आवेदन खुल्यो । जोरपाटी र पाटनका युवाको टोलीलाई सहभागी हुन मन लाग्यो । तर, उनीहरूसँग ब्यान्डको नाम थिएन । ब्यान्ड नभईकन् सहभागिता जनाउन उनीहरूको मनले मानेन ।
साथीभाइको चाहनालाई नजिकबाट नियालेका भोकलिस्ट जयसूर्य लामाले मर्न दिएनन् । उनले तत्कालै  घोषणा गरिदिए ‘फ्लेस इटर’ मेटल ब्यान्ड ।
‘साथीभाइले नाममा कुनै विमति राखेनन् । सहजै ताली बजाएर स्वागत गरे,’ ब्यान्ड जन्माउँदाको क्षण सम्झदै जयसूर्यले भने, ‘अचानक त्यो नाम फु¥यो । त्यही नाम राख्यौँ । यसको अर्थ के हुन्छ भनेर सोचेनौँ । त्यो बेला जे राखियो । त्यसमा हामी सन्तुष्ट छौँ ।’
‘फाइनल राउन्डसम्म पुग्यौँ । कम्पिटिसन त जित्न सकेनौँ । तर, दर्शकको मन भने पक्कै जित्यौँ,’ ब्यान्डका गिटारिस्ट जीवन दानीले त्यतिखेरको कम्पिटिसनबारे बताउँदै भने । अहिले फ्लेस इटर ब्यान्डको भोकलमा जयसूर्य लामा, लिड गिटारमा जीवन दानी, ड्रममा विक्रम सुनार, गिटारमा विपिन देउला र बेसको जिम्मेवारी एन्जल देउलाले सम्हालेका छन् ।
‘केही वर्षअघि मेटल ब्यान्डको कन्र्सट हेर्न गएका थियौँ । उनीहरूको प्रस्तुतिबाट निकै प्रभावित भयौँ । कन्र्सटमै भेट्टिएका साथीहरू मिलेर ब्यान्डको स्थापना ग¥यौँ, बेसिस्ट एन्जलले भने ।
फ्लेस इटर डेथ मेटल ब्यान्ड हो । मेटल ब्यान्डले जटिल लिरिक्स र अस्पष्ट भएका गीत गाउने तथा बजाउने गर्छन् । ‘मेटल गीत हाम्रै सर्कलमा मात्रै धेरै चल्छन्,’ ड्रमर विक्रम सुनारले भने, ‘लिरिक्स नबुझ्नेले टाउको हल्लाएर रमाइलो गर्छन् ।’
‘मेटल ब्यान्डमा एक्साइटमेन्ट र थ्रिलर बढी हुने,’ लिड गिटारिस्ट जीवन दानीले भने, ‘जसले नयाँ पुस्तालाई तान्ने गर्छ ।’ दसैँसम्म एउटा एल्बम ल्याउने तयारी ब्यान्डको रहेको । छ । फ्लेस इटरले साउन्ड गार्डेन, रोयल म्युजिक र क्यालेडिस्कपलगायत ठाउँमा नियमित अभ्यास गर्दै आएको छ । ‘हेभी म्युजिकमा बजाउँदाको मज्जा नै छुट्टै हुन्छ,’ जीवनले भने, ‘त्यसैले यसमा लागेका हौँ ।’   
ब्यान्डका सदस्यहरूका अनुसार उनीहरूलाई पारिवारिक सपोर्ट छैन । ‘खाजा खर्च जुटाएर अभ्यास गरेका छौँ,’ भोकलिस्ट जयसूर्यले भने । नेपालमा मेटलसम्बन्धी हुने ठूलो साइलेन्स फेस्टिभलमा स्टेज पर्फमेन्स गर्ने लक्ष्य ब्यान्डको रहेको छ ।

Leave A Comment