साप्ताहिक राशिफल

शुक्रबार, १० भदौ २०७३, १२ : ०० शुक्रवार , Kathmandu
साप्ताहिक राशिफल

साताका व्रत–पर्व र शुभ साइत        
भदौ १० देखि १६ गतेसम्म ।
१० गते शुक्रवार कृष्ण रथयात्रा ।
१२ गते आइतवार अजा एकादशी व्रत ।
१६ गते बिहीवार कुशे औँसी बुबाको मुख हेर्ने दिन, गोकर्णस्नान ।
मेष राशि
लामो यात्राको परामर्श सुरु गरिएला । राजनीतिक क्षेत्रमा अन्तर्घातको सम्भावना रहेको छ । असफलताले अशान्ति सिर्जना गर्नेछ । आफन्त तथा मान्यजनबाट सहयोग पाइनेछ । कार्यप्रतिको निष्ठा, सामाजिक सद्भाव बढ्ने देखिन्छ । जागिरका लागि संघर्ष गर्नुपर्ला । गरगहना जोड्ने योग छ । आँखामा पीडा उत्पन्न हुन सक्छ । वैदेशिक यात्रा गरिएला ।
वृष राशि
यशकीर्तिमा बढोत्तरी हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । महŒवपूर्ण कार्य सुरु गरिनेछ । पारिवारिक सद्भाव र समन्वयमा वृद्धि होला । साझेदारी कार्यमा हानी नोक्सानी बेहोर्नुपर्ला । राजनीतिक कार्यमा विश्वासघात पाइने देखिन्छ । पारिवारिक मनमुटावको स्थिति रहनेछ । अध्ययन–अध्यापनमा सफलताको पाइनेछ । स्वास्थ्यमा समस्या देखिएला । अशान्ति बढ्नेछ ।
                 
 मिथुन राशि
सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा तनाव उत्पन्न होला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । वैदेशिक यात्राको लागि परामर्श गरिएला । राजनीतिक कार्यमा विवाद बढ्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । कार्यमा उत्साह बढ्नेछ ।
कर्कट राशि
महŒवपूर्ण कार्यको थालनी गर्ने अवसर जुट्नेछ । रमाइलो यात्राको योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ला । अध्ययन–अध्यापनमा व्यवधान उत्पन्न हुनेछ । खेल मनोरञ्जनमा ध्यान जानेछ । दैनिक खर्च वृद्धि हुनेछ । पारिवारिक असमझदारीको स्थिति उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ ।
सिंह राशि
मित्र तथा आफन्तजनसँग भेट गर्ने अवसर मिल्नेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । स्वास्थ्यप्रति सचेत रहनुहोला । खेल मनोरञ्जनमा सहभागी भइनेछ । शारीरिक कष्टबाट तनाव उत्पन्न हुनेछ । आर्थिक क्षय हुनेछ । यात्राको योग देखिन्छ । मित्रजनबाट सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । सन्तानबाट सुख प्राप्त होला ।
कन्या राशि
व्यापार–व्यवसायमा प्रगति हुनेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । अध्ययन–अध्यापनको नतिजा राम्रो रहनेछ । विश्वासपात्रबाट धोका होला । द्विविधा र शंका बढ्नेछ । प्राविधिक कार्यमा प्रगति हुनेछ । कृषि कार्यबाट धनार्जन हुनेछ । राजनीतिक मतभिन्नता कायमै रहनेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ ।

 तुला राशि
अचल सम्पत्तिको कारोबार गरिनेछ । विश्वासपात्रले विश्वासघात गर्न सक्छ । सामाजिक कार्यमा झुकाव बढ्नेछ । जागिरमा पदोन्नति हुने देखिन्छ । स्वास्थ्यमा समस्या देखापर्नेछ । राजनीतिक जिम्मेवारी प्राप्त हुनेछ । कुरा काट्नेहरू बढे पनि जीत तपाईंकै हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पारिवारिक झमेला बढ्नेछ । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ ।
वृश्चिक राशि
चञ्चलता बढ्नेछ । भाइबन्धुबीच मनमुटावको स्थिति देखिनेछ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग बन्नेछ । राजनीतिक कार्यमा विवाद, झैझमेला आउनेछ । व्यापार–व्यवसायमा सुधार आउनेछ । आयआर्जनमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दैनिक खर्च वृद्धि हुनेछ । आकस्मिक धनको प्राप्ति हुनेछ ।
धनु राशि
पारिवारिक सद्भाव बढ्नेछ । मित्रको सहयोग मिल्नेछ । राजनीतिक कार्य बन्ने सम्भावना रहेको छ । दैनिक कार्यमा व्यस्तता बढ्नेछ । व्यापार–व्यवसायबाट प्रशस्त धनार्जन हुने देखिन्छ । मनोरञ्जनात्मक कार्यमा खर्च गरिएला । नयाँ वस्त्र आभूषण मिल्नेछ । रमाइलो यात्राको तयारी गरिनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा उन्नति हुनेछ ।
मकर राशि
न्यायिक कार्यमा अप्ठ्याराहरू आउलान् । अपेक्षित काम बन्नेछन् । दाम्पत्य जीवन सुखमय बन्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ । राजनीतिक कार्यमा विवाद रहनेछ । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । आयआर्जन सन्तोषजनक रहनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साझेदारी कार्यमा अविश्वास बढ्नेछ । व्यवसाय परिवर्तन गरिएला ।
कुम्भ राशि
आकस्मिक धनलाभ हुने देखिन्छ । राजनीतिक कार्यमा अवरोध आउनेछ । स्वास्थ्यमा सामान्य सुधार होला । साहित्य लेखन कार्यमा प्रगति हुनेछ । व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।  समाजमा मान–सम्मान प्राप्त हुनेछ । वैदेशिक यात्राको तयारी गरिनेछ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । तरल पदार्थको व्यापारमा लाभ मिल्नेछ ।
मीन राशि
राजनीतिक कार्यमा गतिरोध आउनेछ । औद्योगिक कार्यमा लगाव बढ्नेछ । लेखन कला साहित्य क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साझेदारी कार्यमा सहयोग प्राप्त हुनेछ । मुहारमा कान्ति छाउनेछ । दाम्पत्य सम्बन्धमा मनमुटाव देखिनेछ । गरेका कार्यबाट लाभ नहोला । सन्तानसुख प्राप्त हुनेछ । यात्राको योग बन्नेछ । अध्ययन–अध्यापनमा समय बित्नेछ ।

 

Leave A Comment